भालुको आक्रमणबाट दुई जना घाइते

Published on

काठमाडौं । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल छन् । 

उनीहरूलाई आज बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।निजी जमिनमा घाँस काटिरहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन् । भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

काठमाडौं । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो...

आगजनी र तोडफोडमा संलग्न १५ जना पक्राउ

काठमाडौं । सिन्धुलीमा जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड गर्ने १५ जनालाई...

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताका लागि आंशिक बन्द हुने

काठमाडौं । नागढुङ्गा–मलेखु सडक खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ । सडक...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान...