महिलाको कार्यबोझ जस्ताको तस्तै

Published on

काठमाडौं । ग्रामीण क्षेत्रका महिलाको कार्यबोझ अझै घटेको छैन । घरपरिवार चलाउने सबै जिम्मेवारी महिलाकै काँधमा भएका कारणले दैनिक कार्यबोझ घट्न नसकेको हो । घरायसी कामका साथै वस्तुभाउ पाल्नेसम्मका कामको जिम्मा महिलालाई छ । बिहानैदेखि रातिसम्म घरमा खाना पकाउने, भाँडा माझ्नेदेखि घाँस काट्ने, दाउरा बोक्ने, खेतबारीका काम गर्ने, घरधन्दा समाल्ने र बच्चाको हेरचाह गर्ने सबै काम महिलाले नै समाल्दै आएका छन् । महिलामाथिको कार्यबोझ उस्तै छ । दुर्गम बाटो, उकाली ओराली र भारी बोकेर टाढासम्म हिँड्नुपर्ने बाध्यताले महिलाको दैनिक जीवन अझै कष्टकर बनेको छ । 

खाँडाचक्र नगरपालिका–१ निवासी गौरा शर्मा आचार्यले बिहानै घरको सरसफाइदेखि वनपात गर्नुपर्ने बताउनुभयो । उहाँले सडक छ तर घाँसका भारी बोकेर हिँडेका महिलालाई देखाउँदै जुनसुकै सरकार आए पनि आफ्ना दुःख नहट्ने भो भन्ने चिन्ता व्यक्त गर्नुभयो । पुरुषहरू प्रायः रोजगारीका लागि घरबाहिर जाने भएकाले घरपरिवार र खेतीपातीको सबै जिम्मा महिलाले लिनुपर्ने उहाँको भनाइ छ । महिला अधिकारकर्मी निस्ता कार्की रावलले महिलाको कडा मेहनतलाई उचित मूल्याङ्कन न घरपरिवारले गरेको, न त समाजले गर्ने गरेको बताउनुभयो । यता १६ दिने हिंसाविरुद्धको महिला अभियान चलिरहेको छ, तर महिलाका पीडा अझै उस्तै रहेको उहाँले जनाउनुभयो । स्थानीयका अनुसार महिलाको यो बोझ कम गर्न सहुलियतमा यातायात, सामुदायिक घाँस/दाउरा व्यवस्था, कृषि उपकरण र सीपमूलक कामको अवसर बढे मात्र उनीहरूको जीवन केही सहज बताउँछन् । 

नागरिक अगुवा तथा अधिवक्ता खडानन्द चौँलागाईले ग्रामीण क्षेत्रका महिलालाई केन्द्रित गरेर कृषिजन्य वस्तु मल बनाउने, चाहिने कच्चा वस्तु ढुवानीको व्यवस्था गरिदिनेलगायतका अनुदानका काम नहुँदासम्म अवस्था उस्तै रहने बताउनुभयो । खेतमा मल चाहिन्छ, वनपात गर्नै पर्ने बाध्यता छ । सरकारले पनि खेत बाँझो छोड्नु हुँदैन भन्छ, मलबिना उत्पादन हुँदैन, त्यसका लागि पनि यसरी वनपात गर्नुपर्ने बाध्यता महिलामा रहेको चौलागाईंको भनाइ छ । महिलाको कार्यबोझ घटाउन स्थानीय तह, प्रदेश सरकारले विभिन्न आयआर्जनका काममा संलग्न गराउनुपर्ने उहाँको भनाइ छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...