भेडेटारमा ट्रक दुर्घटना : चालक घाइते

Published on

काठमाडौं । कोशी लोकमार्ग पर्ने धनकुटा साँगुरीगढी गाउँपालिका–६, स्थित मालबासेमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । सोमबार राति करिब १२ बजे मालबासेमा ट्रक अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको हो । घाइते हुनेमा चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ बस्ने करिब २७ वर्षीय आशिष लिम्बू हुनुहुन्छ । विराटनगरबाट संखुवासभाको शितलपाटीतर्फ जाँदै गरेको को १ ख ७४४८ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब एक सय ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिनुभयो ।

उक्त ट्रक अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेको संखुवासभा जाँदै गरेको थियो । घाइते भएका लिम्बूलाई उपचारका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । गोरखापत्र 

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...