मोरङका ६ वटै क्षेत्रमा काँग्रेसका उम्मेदवार सिफारिस: जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पठाउने तयारी

Published on

काठमाडौं । नेपाली कांग्रेस मोरङका छवटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नाम छनोट गरी जिल्ला समितिमा पठाएका छन्। जिल्ला समितिको बैठकले यी नामहरूमा पुनः छलफल गरी कोशी प्रदेश समितिमा पठाउने तयारी गरेको छ, जहाँबाट अन्तिम रूपमा केन्द्रीय समितिमा सिफारिस जानेछ।

मोरङ–१ बाट क्षेत्रीय सभापति शङ्कर राईका अनुसार प्रत्यक्षतर्फ डिगबहादुर लिम्बू, खड्गबहादुर फागो र दिव्या बस्नेतको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ सीता कार्की र इन्दु चौधरी तथा राष्ट्रिय सभातर्फ ललित अधिकारीको नाम प्रदेशसमक्ष पठाइने सूचीमा छ।

मोरङ–२ मा क्षेत्रीय सचिव भुलबहादुर कार्कीका अनुसार प्रत्यक्षतर्फ पूर्व मन्त्री तथा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, पूर्व प्रदेश सांसद शिवनारायण सिंह र महिला संघकी क्षेत्रीय सभापति नारायणी पण्डित सिफारिस भएका छन्। समानुपातिकमा सुजाता कोइराला र गोपालमानसिंह राजभण्डारीका नाम सूचीबद्ध छन्।

मोरङ–३ बाट प्रत्यक्षतर्फ निवर्तमान सांसद डा. सुनीलकुमार शर्माको नाम मात्र सिफारिस भएको छ भने समानुपातिकतर्फ सात जनाको नाम अनुशंसित छ। साथै राष्ट्रिय सभाका लागि पाँच जना प्रस्तावित गरिएको सचिव राजेन्द्रबहादुर अधिकारीले जानकारी दिएका छन्।

मोरङ–४ मा प्रत्यक्षतर्फ पूर्व मन्त्री महेश आचार्य, पूर्व राज्यमन्त्री दिलीपकुमार गच्छदार, नेविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष गुरुराज घिमिरे र क्षेत्रीय सभापति विनोद बस्नेतका नाम सिफारिस भएका छन्। बस्नेत बाहेक सबै पुराना नेता भए पनि घिमिरेले भने अहिलेसम्म निर्वाचन जित्न नसकेको तथ्य उल्लेखनीय छ।

मोरङ–५ मा प्रत्यक्षतर्फ चार नयाँ अनुहार—हसन अन्सारी, राजेश गुप्ता, फूलकुमार लालवानी र फैयाज रैन—सिफारिस भएका छन्। समानुपातिक सूची भने अझै टुङ्गो लागेको छैन। प्रत्यक्षतर्फ पनि अन्तिम रूपमा दुई जनामा झार्ने प्रयास भइरहेको कोशी प्रदेश कोषाध्यक्ष गुप्ताले बताएका छन्।

मोरङ–६ बाट प्रत्यक्षतर्फ डा. शेखर कोइरालाको नाम मात्र अघि सारिएको छ। समानुपातिकतर्फ रमेशजङ्ग रायमाझी, डा. डिला सङ्ग्रौला, रुक्मिणी कोइराला, प्रमिला गच्छदार, मृदुला कोइराला, सीता घिमिरे र सरिता राना मगरका नाम सिफारिस सूचीमा समावेश छन्।

जिल्ला सभापति डिगबहादुर लिम्बूका अनुसार मङ्सिर २५ गते बस्ने जिल्ला समिति बैठकले सबै क्षेत्रका नामहरूमा पुनरावलोकन गरी प्रदेश समितिमा पठाउनेछ। प्रदेश सभापति उद्धव थापाले मङ्सिर २७ गते प्रदेश समिति बसेर २८ गते केन्द्रीय समितिमा अन्तिम सिफारिस पठाइने जानकारी दिएका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...