बेनीमा सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार

Published on

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलस्थित करिब एक सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मन्दिरको पुनर्निर्माण गरिएको हो । चन्दादाताबाट सङ्कलन भएको १४ लाख २५ हजार र बेनी नगरपालिकाबाट ६ लाख गरी २० लाख २५ हजार रुपियाँमा मन्दिरको पुनर्निर्माण गरिएको वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।  

उहाँका अनुसार वि.स १९८१ मा स्व. मोतीकुमार श्रेष्ठले करीब एक रोपनी जग्गा गुठी कायम गरी मन्दिर निर्माण गर्नुभएको थियो । श्रेष्ठका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारी र वडा नम्बर ८ को कार्यालयसँग समझदारी गरी चन्दा सहयोग र नगरपालिकाको बजेटबाट मन्दिरको जीर्णोद्धार गरिएको मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो । मन्दिर पुनर्निर्माण गरिएपछि भजनकीर्तन र पूजाआराधनासहित मन्दिरमा गणेश भगवानको मूर्ति प्रतिस्थापन गरिएको छ । बेनीको धार्मिक पहिचानलाई संरक्षण गर्न मन्दिरलाई जीर्णोद्धार गरिएको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...