बागलुङ–२ मा कांग्रेसको उम्मेदवार सिफारिस प्रक्रिया सकियो, प्रत्यक्षमा १० र समानुपातिकमा ४ नाम केन्द्रतर्फ

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बागलुङ क्षेत्र नं.–२ ले प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ। मङ्गलबार बसेको क्षेत्रीय समितिको बैठकले आकाङ्क्षीहरूलाई उम्मेदवारी दर्ताका लागि आह्वान गरेपछि प्रत्यक्षमा १०, समानुपातिकमा ४ र राष्ट्रिय सभाका लागि ३ जनाले नाम दर्ता गरेका थिए। क्षेत्रीय सभापति जोकलाल बुढा मगरका अनुसार दर्ता भएका सबै नामावली जिल्ला कार्यसमितिमार्फत केन्द्रीय समितिमा पठाइनेछ।

प्रत्यक्षतर्फ सिफारिस भएका १० जनामा अर्जुन शेरचन, टेकराज पौडेल, नरबहादुर पुन ‘निरज’, मञ्जेशबम मल्ल, गीता श्रीष, धुव्र गौतम, डण्डापानी शर्मा, ऋषिराम कंडेल, डिलाराम शर्मा र देवेन्द्रकुमार घर्ति मगर छन्। अर्जुन शेरचन कांग्रेस गण्डकी प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन्। उहाँ २०७४ सालमा ढोरपाटन नगरप्रमुखका उम्मेदवार बने पनि पराजित भएका थिए।

टेकराज पौडेल हाल महाधिवेशन प्रतिनिधि छन् र विद्यार्थी राजनीति हुँदै तरुणदल तथा १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षीसमेत बनेका थिए। नरबहादुर पुन ‘निरज’ पनि महाधिवेशन प्रतिनिधि र पूर्व संविधानसभा सदस्य हुन्। उहाँ २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि उम्मेदवार बनेका थिए। मञ्जेशबम मल्ल २०७४ सालमा प्रतिनिधि सभा (क) प्रदेशसभा सदस्यका उम्मेदवार बनेका थिए तर बाम गठबन्धनका कारण पराजित भएका थिए।

सिफारिस सूचीमा परेका गीता श्रीष, ऋषिराम कंडेल र देवेन्द्र बहादुर घर्ति हाल महाधिवेशन प्रतिनिधि छन् भने डण्डापानी कंडेल पूर्व महासमिति सदस्य हुन्। धुव्र गौतम र डिलाराम शर्मा पूर्व महाधिवेशन प्रतिनिधि हुन्। सबै आकाङ्क्षीहरूले पार्टीका लागि निरन्तर योगदानको मूल्यांकन गर्न आग्रह गरेका छन्।

समानुपातिक तर्फ रेणुका काउचा मगर, सागर छन्त्याल, माया केसी र भिमु क्षेत्रीका नाम सिफारिसमा परेको छ। रेणुका काउचा २०७४ सालको स्थानीय तहमा गलकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी तथा महिला संघको केन्द्रीय सदस्यसहित २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सूचीमा परेकै हुन्। सागर छन्त्याल कांग्रेस बागलुङका उपसभापति, माया केसी जिल्ला सदस्य तथा भिमु क्षेत्री क्षेत्रीय सदस्य हुन्।

यस क्षेत्रबाट राष्ट्रिय सभाका लागि पनि रामप्रसाद आचार्य, डा. शान्तराज न्यौपाने र मेशलाल शर्माको नाम सिफारिस गरिएको छ। आचार्य र न्यौपाने पूर्व महासमिति सदस्य हुन् भने शर्मा प्रदेश(ख) क्षेत्रीय सभापति हुन्। राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुने छ। पार्टीको केन्द्रीय सर्कुलरअनुसार क्षेत्रीय समितिले आकाङ्क्षी दर्ता प्रक्रिया चलाएको र दर्ता भएका सबैको नाम केन्द्रमा पठाइने सभापति बुढा मगरले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...