अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

Published on

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनको माटो उत्खनन गरेर बिक्री गरेको पाइएको छ । सामुदायिक वन क्षेत्रबाट वन उपभोक्ता समितिका अध्यक्ष, वन कर्मचारी र जनप्रतिनिधीको मिलेमत्तोमा जथाभाबी माटो निकालेर बिक्री वितरण भइरहेको छ । टिप्परको प्रयोग गरी वनभित्रै स्काभेटर लगेर माटो उत्खनन गरी टिप्परमा ओसार्ने गरेको स्थानीयले बताएका छन् । संरक्षणको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीकै संग्लनतामा नै उत्खनन भइरहेको हो । सब डिभिजन वन कार्यालय गोदावरीका प्रमुख वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहराले आफूलाई माटो उत्खननका बारेमा कुनै जानकारी नै नभएको बताउनुभयो । उहाँले सामुदायिक वनको माटो कानुनी रूपमा पनि बिक्री वितरण गर्न नपाइने बताउनुभयो। 

जिम्मेवार निकाय नै उत्खननन कर्ताको पक्षपोषमा लाग्दा प्राकृतिक सम्पदाको दोहन भइरहेको छ । दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिबा कडायतले स्थानीय ठेकेदारलाई माटो उत्खनन गरेर दिएको स्वीकार गर्नुभयो । उहाँले सामुदायिक वनभित्र नर्सरी बनाउने भएकाले स्थानीय ठेकेदारले सामुदायिक वनभित्र तारजाली गरिदिने शर्तमा माटो दिएको बताउनुभयो । सामुदायिक वनले माटो निकाली स्थानीय ठेकेदारलाई बिक्री वितरण गर्दै आएकोे स्थानीय बासिन्दाले जनाएका छन् । सरकारी सम्पत्ति र वन संरक्षणका लागि क्रियाशील रहेको व्यक्तिबाट जथाभाबी माटो निकाल्ने कार्य भएको स्थानीय लक्ष्मी खत्रीले बताउनुभयो । उहाँले दुई महिना देखी माटो उत्खनन गर्ने काम भइरहेको र स्थानीयहरू अवरोध गर्दा डर धम्की दिने गरेको बताउनुभयो । 

वनका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अवैध ढङ्गले माटो बिक्री गरेर लाखौँ रुपियाँ राजस्व समेत हिनामिना भएको स्थानीय रतनबहादुर थापामगरले बताउनुभयो ।अहिलेसम्म लाखौँ रुपियाँका माटो बिक्री वितरण गरिसकेकोे उहाँको भनाइ छ । माटो निकालेर गहिरो खाल्डो बनेपछि स्थानीय बासिन्दाले संलग्नलाई कारबाही गरी तत्काल माटो निकाल्ने कार्य रोकिदिन माग गर्दै आएका छन् । स्थानीय बजारमा माटोको प्रतिटिप्पर चार हजारदेखि पाँच हजार रुपियाँ पर्छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...