पुस्तौदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बाबासी

Published on

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका छन् । जिल्लाको अन्य गाउँबस्ती सडकको पहुँचमा रहेको भए पनि यहाँका गुम्बाबासी भने पुस्तौदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका हुन् । गुम्बामा झण्डै ६५ जनजातीको घरपरिवार बसोबास गर्दैआएका छन् । गुम्बा गाउँमा सडकको सुविधा नहुँदा अहिले यहाँका स्थानीय घोडा भेडाको भरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने गर्दछन् । जिल्ला सदरमुकाम मार्तडीदेखि झण्डै दुईसय किलोमिटरको दूरीमा रहेको यो गुम्बा जिल्लामै दुर्गम गाउँ हो । २०७६ साल पालिकाले यहाँका स्थानीयलाई केही सहज हुनेगरी घोरेटो बाटोको निर्माण गरिएको थियो । त्यो बाटोले अहिले यहाँका स्थानीयलाई गुम्बादेखि पालिकासम्म आउजाउमा सहज गरेको छ । 

योभन्दा पहिला गुम्बाको मुनि एक ठुलो भिर भएकाले त्यसमा आउजाउ गर्न समस्या हुनेगरेको थियो । यही अफठ्यारो बाटोको कारण प्रायः यहाँ जोकोही आउजाउ गर्न सक्दैन थिए । यहाँका स्थानीयहरुको यही समस्यालाई मध्यनजर गर्दै स्थानीय सकारले २०७६ सालमा पालिकाको आर्थिक सहयोगबाट गोरेटो बाटो निर्माण गरेको छ । जिल्ला सदरमुकाम मार्तडीदेखि दुईसय र पालिकादेखि झण्डै १५० किलोमिटरको दूरीमा पर्छ गुम्बा । यो पर्यटकीय स्थलको रुपमा पनि रहेको छ । यहाँ हरेक वर्ष देशभरबाट लामाहरु आएर बस्ने गर्छन् । यो गाउँ अझै सडक सुविधाबाट बञ्चित हुँदैआएको हिमाली गाउँपालिका –३ स्थानीय नरी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक नहुँदा गाउँदेखि पालिकासम्म आउजाउ गर्न समस्या छ । पहिला गोरेटो बाटो थिएन । गुम्बादेखि पालिकासम्म जाने एक ठाउँमा ठुलो पहाड थियो । त्यसमा हामीले बाबीयाको लठ्ठाको सहाराले जाने गथ्र्यौं ।” गत आर्थिक वर्ष झण्डै पाँच करोड रुपियाँ सङ्घीय सरकारबाट विनियोजन गरेको थियो । तर यो सरकारले त्यो रकम रोकिएपछि अहिले फेरि यहाँका स्थानीय सडकको सञ्जालबाट वञ्चित भएको हिमाली गाउँपालिका –३ का वडा अध्यक्ष मङगल बुढाले बताउनुभयो । 

टेलिफोन सुविधाबाट पनि वञ्चित 

हिमाली गाउँपालिकाको वडा –३ का गुम्बाबासी पछिल्लो समय टेलिफोन सेवा सुविधाबाट समेत वञ्चित हुँदैआएका छन् । जिल्लाका अन्य गाउँ बस्तीमा २०६४ सालदेखि २०८२ सम्म टेलिफोन इन्टरनेट सेवा सुविधामा भएको भए पनि यहाँका गुम्बा गाउँमा अझै टेलिफोन सेवा छैन् । यहाँका स्थानीयबासी पुस्तौदेखि अहिलेसम्म टेलिफोन सेवाबाट वञ्चित हुँदैआएका छन् । यहाँका स्थानीयले टेलिफोन सेवा सुविधाका लागि धेरै पटक माग गर्दैआएको भए पनि अहिलेसम्म उनीहरुको त्यो माग पूरा भएको छैन् ।  हिमाली गाउँपालिका –३ स्थानीय जसबहादुर भण्डारीले भन्नुभयो, “अहिले हाम्रो गाउँमा न टेलिफोन, न सडक न विद्युत छ । देशले नयाँ अनुहार फेर्दैगएको छ । हाम्रो अवस्थामा भने केही परिवर्तन भएको छैन् । अहिले हामी पुरानै मोडेलमा झरो र टुक्कीको भरमा रात काटिरहेका छौ ।”

विद्युत सेवाबाट वञ्चित 

बाजुराको हिमाली गाउँपालिका –३ गुम्बाबासी विद्युत सेवाबाट पनि वञ्चित हुँदै आएका छन् ।  यहाँका ६५ जना जनजाती परिवार पुस्तौदेखि अहिलेसम्म झरो र टुककीको भरमा रात काट्न बाध्य हुँदै आएका छन् ।  यहाँका अन्य गाउँ बस्तीमा २०७८ सालमा विच्छ्या खोलामा उत्पादन गरेको विद्युतले गाउँमा बत्ती बलेको थियो । गत साउनमा आएको बाढीले विद्युतको नहर बगाएपछि अहिले ती गाउँ उज्यालोबाट वञ्चित भएको छ । गुम्बा जिल्लाकै एक दुर्गम गाउँमा पर्छ । यहाँ सडक पुगाउँन पालिकाको रकमबाट सम्भव छैन् । गत वर्षमा सरकारले यहाँ सडक पुगाउँनका लागि झण्डै पाँच करोड रुपियाँ वनियोजन गरेको थियो । अहिलेको सरकारले त्यो रकम रोकिएदिएपछि अहिले यहाँका स्थानीय सडक सुविधाबाट वञ्चित भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । गोरखापत्र 

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...