गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

Published on

काठमाडौं । यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।  गतवर्ष जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएको थियो । यस पटक जिल्लामा धानको उत्पादनसँगै धान रोपणको क्षेत्रफलसमेत घटेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । गत वर्ष जिल्लामा सात हजार दुई सय ८८ हेक्टरमा क्षेत्रफलमा धान उत्पादन भएको थियो । यसवर्ष उत्पादन घटेर छ हजार दुई सय ७० हेक्टरमा मात्र धान उत्पादन भएको छ ।  जिल्लामा पछिल्ला वर्षमा क्रमशः धानको उत्पादन र क्षेत्रफल घट्दै जान थालेको ज्ञान केन्द्रले जनाएको छ । यसरी उत्पादन र क्षेत्रफल घट्नुमा बेमौसमी वर्षा हुनु, लामो समय खडेरी पर्नु, गाउँबाट बसाइँसराइ बढ्दै जानु, उन्नत बीउ र रासायनिक मलको अभाव हुनु जस्ता कारण रहेकोे कार्यालयले जनाएको छ । 

गत वर्षभन्दा यसवर्ष बर्खे धान उत्पादनमा पनि आठ प्रतिशतले कमी आएको छ । जिल्लामा कूल छ हजार पाँच सय ८५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसअन्तर्गत चैते धान उत्पादनको क्षेत्रफल तीन सय १५ हेक्टर र बर्खे धान उत्पादनको क्षेत्रफल छ हजार दुई सय ७० हेक्टर रहेको छ । यस वर्ष चैते धान एक हजार दुई सय ८६ मेट्रिकटन र बर्खे धान २२ हजार तीन सय २३  मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने फाँटहरुमा इस्माको चौरासी, सत्यवतीको जोहाङ्, उर्लीखोला र अस्लेवा कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, चन्द्रकोटको मजुवा, रुपाकोटलगायत रहेका छन् ।  त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाडको सुदी, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी र मदानेको सिर्सेनी छन । धुुर्कोटको छल्दी तथा पनाहा, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ्, मनबाग लगायतका फाँटमा पनि राम्रो धान उत्पादन हुने गर्दछ ।  जिल्लामा आयातित चामलको गुणस्तर तथा मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा पछिल्लो समयमा धानको आयात बढ्दै गएको छ । गतवर्ष गुल्मीमा रु पाँच करोड मूल्य बराबरको चामल आयात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा विशेषगरी हँसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मडियारे, रातोे मार्सी र मार्सिलगायत धानका जात किसानको रोजाइमा पर्ने गरेको छ । 

उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान किसानको रोजाइमा पर्ने गरेको हो । स्थानीय धानको भात खाँदा भोक कम लाग्ने, खानका लागि नरम र स्वादिलो हुने हुँदा यहाँका किसानले रैथाने धानको उत्पादनमासमेत निरन्तरता दिँदै आएका छन् । कृषि ज्ञान केन्द्रले पनि जिल्लामा यस्ता प्रकारका रैथाने जातका धानका बीउको संरक्षण गर्नुपर्नेमा किसानलाई जोड दिँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...