समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

Published on

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ । आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जनाएको छ । आयोगमा १०० राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन् । प्राप्त भएको आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा दिएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । गोरखापत्र

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...