साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

Published on

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । ‘क्यानभासमा हिमाल’ शीर्षकमा मर्स्याङ्दी गाउँपालिकाको सभाहलमा गरिएको प्रदर्शनीमा २४ वटा चित्र राखिएका छन् । यो उहाँको तेस्रो एकल प्रदर्शनी हो । बुधबार र बिहीबार दुई दिनसम्म गरिएको प्रदर्शनीमा राखिएका सबै चित्र मूर्त शैलीमा छन् । मर्स्याङ्दी गाउँपालिका–३ खुदी, काउलेमा जन्मनुभएका भीम कलाकारिता क्षेत्रमा ‘बाबु साइँला’ नामले परिचित हुनुहुन्छ । गाउँले परिवेश, संस्कृति र प्राकृतिक सुन्दरतामा देखिएका हिमाललाई मुख्य विषय बनाइएको छ । चित्रमा विभिन्न गाउँ, प्राकृतिक सुन्दरताकासाथ हिमालहरु देख्न सकिन्छ । प्रदर्शनीमा राखिएका तस्बिरहरु आकर्षक, सुन्दर र उत्कृष्ट कलाकृतिहरू छन् । प्रस्तुत चित्रकलामा मर्स्याङ्दी गाउँपालिका तथा लमजुङ क्षेत्रका पहिचान बोकेको हिमाल, झरना, खोलानाला, पहरा, प्राकृतिक दृश्य तथा भू–परिवेश सजीव रूपमा अभिव्यक्त भएको पाइन्छ । स्थानीय प्रकृतिको मौलिक सौन्दर्य क्यानभासमा उतारिएको हुँदा दर्शकले प्रदर्शनीलाई उच्च प्रशंसा गरेका छन् ।

सानैदेखि चित्रकलामा रुची राख्नुभएका साइँलाले हालसम्म तेल र पानी रङमा सयौं चित्र कोरिसक्नुभएको छ । उहाँले सुरुमा व्यङ्ग्यात्मक चित्रहरु प्रसस्त कोरेर समाजलाई सुसूचित बनाउने प्रयास गर्नुभयो । उहाँले २०६९ सालमा लमजुङमा प्राकृतिक नेपाल शीर्षकमा एकल चित्रकला प्रदर्शनी समेत गर्नुभएको थियो । दोस्रोपटक रोजगारीका लागि कोरिया पुगेका बेला चित्रकला प्रर्दशनी गर्नुभएको थियो । ललितकला क्याम्पसबाट स्नातक गर्नुभएका उहाँले आफ्नो भविष्य कला क्षेत्रमै देखेको बताउनुहुन्छ । प्राय मानबीय संवेदनासंग जोडिएको मूर्त चित्र कोर्न मन पराउने साइँलाले यो प्रदर्शनीले स्थानीय स्तरमा कला संस्कृतिमा जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले कला र संस्कृतिको संरक्षणमा पालिका लागि पर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले चित्रकलाले संस्कृतिको संरक्षणसँगै देशको पहिचान अन्तर्राष्ट्रियकरण गर्न टेवा पुग्ने बताउनुभयो । ललितकला प्रज्ञा प्रतिष्ठानको कला प्रवर्धन विभागमा कार्यरत माया लामा घिसिङले रैथाने कलाको खोजी गरी यसको संरक्षण र अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । प्रदर्शनीमा राखिएका चित्रहरु विक्रिमा पनि राखिएको चित्रकार साइँलाले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैजसो चित्रहरु विक्रिपनि भएका छन् । प्रदर्शनीसँगै आम्दानी पनि भएको छ । आफ्नै जन्मथलोमा प्रदर्शनी गर्न पाउँदा खुसी छु ।” साइँलाले यसअघि बनाएका विभिन्न चित्रहरु स्वदेश तथा विदेशमा बिक्री भइसकेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...