ट्राफिक व्यवस्थापनमा जुट्दै इलाम नगरपालिका

Published on

काठमाडौं । इलाम सदरमुकामस्थित इलाम बजार क्षेत्रमा ट्राफिक सवारीको चाप बढेपछि उत्पन्न समस्या समाधानका लागि इलाम नगरपालिकाले ट्राफिक व्यवस्थापन सुरु गरेको छ। नगरपालिकाले इलामबाट झापा जाने सवारीहरु, विभिन्न पालिकाबाट आउने सवारीहरुलाई अलग–अलग स्थानमा पार्किङ स्थल तयार गरि सवारीहरुलाई व्यवस्थित गर्न थालेको छ । नगरपालिकाले बजार क्षेत्रमा विभिन्न छ स्थानमा पार्किङ् स्थलको तयारी गरेको छ । पुरानो बसपार्कस्थित बहुुतले पार्किङ्, पुुरानो ट्याक्सी स्टेन्ड, सानो टुुडिखेल, ठूलो टुँडीखेलको छेउ र पुरानो सब्जी बजारमा सवारी पार्किङकाे व्यवस्था गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका इलाम संयोजक गृष्म सुब्बाले बताउनुुभयो । 

सुुब्बाका अनुसार इलाम भित्रने पर्यटकका सवारीलाई भने चोक बजारको पूर्वपट्टिको भागमा पर्किङकाे व्यवस्था गरिएको छ । ‘यसरी सवारीलाई पार्किङ् व्यवस्थित गरिएपछि यात्रुहरुलाई पनि सहज हुनेछ । यात्रुहरु झुक्किने, झोला साटिने  समस्याबाट मुुक्त हुुनेछन् ।’ अध्यक्ष सुब्बाले भन्नुभयो, ‘नगरपालिकाको ट्राफिक व्यवस्थापन समितिले पार्किङ् स्थल तयार गरेर पार्किङ व्यवस्थित गरेपछि बजार क्षेत्रमा पैदल यात्रुहरुलाई पनि सहज हुुनेछ । सवारी चालकहरु पनि जिम्मेवार हुनेछन् ।’ सवारीलाई व्यवस्थित गराउन नगरपालिकाले अलग–अलग रङ्ग र पार्किङ स्थल लेखिएका स्टिकरहरु सवारीमा टाँसेको छ । जुन पार्किङ् स्थल लेखिएको सवारी छ उक्त सवारीले सम्बन्धित स्थलमै लगेर पार्किङ् गर्नुपर्ने व्यवस्था गरिएको नगरप्रहरी निमा तामाङले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...