एमाले महाधिवेशनको बन्दसत्र सुरु

Published on

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–पटक सरेको थियो। सुरुमा १२ बजे तय गरिएको बन्द सत्र १ बजे हुँदै अन्ततः दिउँसो ३ बजेका लागि सारिएको थियो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिहरूले खाना खाएपछि बन्द सत्र सुरु गरिने छ। बन्द सत्र काठमाडौँस्थित भृकुटीमण्डपमा आयोजना हुँदै छ। बन्दसत्रमा दुई हजार दुई सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।  

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पुरानै विधान कायम राखेर अघि बढ्ने निर्णय गरेको छ। बैठकले विधानको मूल मर्म नबदल्ने र संरचनागत पक्षमा मात्र समायोजन गर्ने निर्णय गरेको हो। निर्णय अनुसार बन्द सत्रबाट अध्यक्ष एक जना, उपाध्यक्ष ५ जना, महासचिव एक जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुने छ। पोलिटब्युरो ९९ सदस्यीय बनाइने छ भने पोलिटब्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी गठन गरिने छ। पार्टी नेतृत्वका अनुसार बन्द सत्रमा विधान संशोधनका सन्दर्भमा सङ्ख्या र संरचनामा मात्र परिवर्तन हुने र अन्य प्रावधान यथावत् राखिने छन्। बन्द सत्रबाट विधान संशोधन पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। गोरखापत्र   

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...