भिमाद नगरपालिकाद्वारा किसानलाई दूधमा प्रति लिटर १० रुपियाँ अनुदान

Published on

काठमाडौं । तनहुँको भिमाद नगरपालिकाले कृषिलाई प्राथमिकतामा राख्दै स्थानीय किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार नगरपालिकाले कृषकलाई प्रति लिटर १० रुपियाँका दरले अनुदान दिने निर्णय गरेको हो । नगरपालिकाका अनुसार यो कार्यक्रमले किसानलाई व्यवसायिक दुग्ध उत्पादनतर्फ आकर्षित गर्ने, स्थानीय उत्पादन बढाउने र कृषकको आयस्तर उकास्ने लक्ष्य लिएको छ । कार्यक्रम कार्यान्वयनका लागि हालै भिमाद नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबिच सम्झौता गरिएको छ । सम्झौता अनुसार दुग्ध उत्पादन गर्ने कृषकले भिमाद कृषि उद्यम सहकारीमा बिक्री गरेको दूधमा प्रति लिटर १० रुपियाँका दरले प्रोत्साहन रकम प्राप्त गर्नेछन् ।

सम्झौता कार्यक्रममा बोल्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले दूधमा प्रोत्साहनको व्यवस्था भएपछि किसानहरू उत्पादनमा थप उत्साहित हुने र आत्मनिर्भर कृषक निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषिलाई नगरपालिकाको मुख्य प्राथमिकता बनाउँदै किसानमैत्री नीति निरन्तर अघि बढाइने बताउनुभयो । यसैगरी नगरपालिकाले दुग्ध उत्पादक किसानको हितलाई ध्यानमा राख्दै दूधको खरिद–बिक्री मूल्यसमेत तोकेको छ । तोकिएको उपभोक्ता मूल्य अनुसार दूध उत्पादनको सिजन भदौ १ गतेदेखि माघ मसान्तसम्म प्रति लिटर १३० रुपियाँ र अफ सिजन फागुन १ गतेदेखि साउन मसान्तसम्म प्रति लिटर १४० रुपियाँ निर्धारण गरिएको छ । उक्त मूल्य तथा प्रोत्साहन सुविधा भिमाद नगरपालिकाको प्रोत्साहन कार्यक्रममा सहभागी संस्थामा मात्र लागू हुने नगरपालिकाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...