मादी नदी किनारमा बेवारिसे शव

Published on

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नदीको पानीमा कोल्टो परेको अवस्थामा आइतबार शव भेटिएको हो । मृतक महिलाको नाम, थर, र ठेगाना (वतन) हालसम्म खुल्न सकेको छैन । सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले दिनुभएको जानकारीअनुसार मृत महिलाको उमेर अन्दाजी ४० वर्ष रहेको अनुमान गरिएको छ । स्थानीय बासिन्दाले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...