उपमहासचिवदेखि सदस्य पदका लागि २० थारु नेता मैदानमा

Published on

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनको चौथो दिन आज मतदान हुनेभएको छ । अपरान्ह ४ बजेपछि मतदान हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताउनुभयो । १९ पदाधिकारीसहित ३०१ सदस्यीय कार्य समितिमा थारु समुदायबाट २० जना नेताहरु (१३ पुरुष र ७ महिला) चुनावी मैदानमा होमिनुभएको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री वैजनाथ चौधरी (नवलपरासी) उपमहासचिवमा उम्मेदवारी दिनुभएको छ । थारु समुदायबाट पदाधिकारीमा उम्मेदवारी दिनुभएको उहाँ एक्लो थारु हुनुहुन्छ । त्यसैगरी केन्द्रीय सदस्यमा खुलातर्फ नारदमुनि रानाथारु (कैलाली) र थारु क्लस्टर खुलाबाट कृपाराम रानाथारु (कञ्चनपुर) ले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, मधेसबाट खुल्ला केन्द्रीय सदस्यमा राजकुमार लेखी (सप्तरी), ताराकान्त चौधरी (बारा) ले उम्मेदवारी दिनुभएको छ । 

सोहीअनुसार थारु क्लस्टर खुलाबाट कृष्णी चौधरी थारु (बर्दिया), गौरीशङ्कर चौधरी (कैलाली), तुलसीप्रसाद चौधरी, नरुलाल चौधरी (दाङ), वलवीरप्रसाद चौधरी (उदयपुर), विश्रामप्रसाद चौधरी (कपिलवस्तु), सत्यनारायण चौधरी (सिराहा) ले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, थारु महिला क्लस्टरबाट कमला चौधरी (कञ्चनपुर), जागेश्वरीदेवी चौधरी, मञ्जुकुमारी चौधरी (उदयपुर), शान्ता चौधरी (दाङ) ले उम्मेदवारी दिनुभएको छ । सोहीअनुसार श्रमिक तर्फबाट जनक चौधरी, खुला महिलामा पूर्वमन्त्री भगवती चौधरी (सुनसरी), शिवकुमारी चौधरी (कपिलवस्तु को उम्मेदवारी परेको छ । त्यस्तै, केन्द्रीय लेखा आयोग सदस्यमा कमलकिशोर चौधरीले उम्मेदवारी दिनुभएको छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्यानल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको गरी दुई प्यानल र स्वतन्त्रबाट समेत उम्मेदवारी दिनुभएका थारु नेताहरु दुवै अध्यक्षको प्यानलमा बाँडिएर उम्मेदवारी दिनुभएको छ । प्यानलमा नपरेकाहरु भने स्वतन्त्रबाट उम्मेदवारी पेश गरिएको कैलालीका नारदमुनि रानाथारुले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...