गड्यौला मल पुर्‍याउनै मुस्किल

Published on

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका वडा ३ भट्टेका किसान कृषक कर्णबहादुर वलीलाई गड्यौला मल पुर्‍याउनै  मुस्किल परेको छ । २०७९ सालदेखि ४० केजी गड्यौला किनेर उहाँले गड्यौले मल उत्पादन सुरु गर्नुभएको थियो । वार्षिकरूपमा एक हजार क्वीन्टल गड्यौले मल माग भए पनि माग भएबमोजिम उत्पादन गर्न सक्नुभएको छैन, वलीसहित गाउँका किसानले वार्षिक सात सय क्वीन्टल मात्रै मल उत्पादन गर्दै आउनुभएको छ । उहाँले गड्यौले मल उत्पादनका लागि चार वटा टहरासमेत निर्माण गर्नुभएको छ । अर्गानिक कृषिजन्य वस्तु उत्पादन हुने गाउँ भएकाले त्यहाँका किसानहरूले खेतबारीमासमेत गड्यौले मल प्रयोग गर्दै आएका छन् । वार्षिक रूपमा तुलसीपुर ३ भट्टे गाउँबाट पाँच सय क्विन्टल गड्यौला मल बाहिर बिक्री हुने गरेको छ । 

गड्यौला मल प्रति केजी ३० रुपियाँ अर्थात् तीन हजार रुपियाँ प्रति क्विन्टल बिक्री हुँदै आएको छ भने गड्यौला प्रति केजी १२ सय रुपियामा बिक्री गर्दै आएको वलीले बताउनुभयो । उहाँले हालसम्म १५ क्विन्टल गड्यौला अमात्रै बिक्री गर्नुभएको छ । अर्थात् एक लाख १२ हजार रुपियाँको गड्यौला मात्रै बिक्री गर्नुभएको छ । वलीका अनुसार सुन्तला, ड्रागन फलको खेती गर्ने किसानबाट गड्यौले मलको बढी माग हुँदै आएको छ । उहाँले हाल सल्यान जिल्लाको कोटमौला क्षेत्रमा मल बिक्री गर्दै आउनुभएको छ । वलीले भन्नुभयो, ठुलो क्षेत्रमा ड्रागन फलको खेती गरिएका  दाङ जिल्लाका विभिन्न क्षेत्रबाट मलको माग हुँदै आएको छ तर पहिल्यै सम्झौता भएका कारण जिल्ला बाहिर मल बिक्री गर्दै आएको छु ।  भट्टे गाउँमा वलीबाहेक ३० जना किसानले गड्यौले मल उत्पादन सुरु गर्नुभएको छ । यद्यपि ठुलो मात्रामा भने वलीले मात्रै उत्पादन एवम् बिक्री गर्दै आउनुभएको छ । गाई,भैसीको मललाई टहरामा तयार पारिएका साना साना कोठामा राख्ने गरिन्छ,जहाँ गड्यौलालाई छाडिन्छ,त्यही मल खाँदै गड्यौलाले गड्यौले मल तयार गर्छ । 

यो प्रक्रिया पूरा हुन ७५ दिन लाग्दछ । घरमै पालिएका गाई,भैसीको मल अपुग भएपछि वार्षिक १५ टिप बाहिरबाट खरिद गर्नुपरेको वलीले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले भट्टे गाउँलाई अर्गानिक उत्पादन गाउँकारूपमा विकास गर्नका लागि त्यस ठाउँको सडक,सिचाई पूर्वाधारका साथै कृषिजन्य वस्तुको उत्पादनका लागि विभिन्न सामग्री वडाबाट किसानहरुलाई वितरण गर्दै आएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...