पुसे मेलाका लागि मेरिङ्देनमा दुई दिन बिदा

Published on

काठमाडौं । मेरिङ्देन गाउँपालिकाले हरेक वर्ष पुस १ देखि ५ गतेसम्म लाग्ने पुसे मेलाका लागि दुई दिन बिदा दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार गाउँ कार्यपालिकाको निर्णय अनुसार पुस ३ र ४ गतेका लागि स्थानीय बिदा दिइएको हो । बिदाको दिन आकस्मिकबाहेक गाउँपालिका मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवम् सङ्घ संस्थामा बिदा हुनेछ । मेला ५ दिन लाग्ने भए पनि यी दुई दिन विशेष भीड लाग्ने गरेको छ । मेलामा गाउँका कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रचारप्रसार, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम हुने गरेको छ । 

पुसे मेला ५२ वर्षदेखि लगातार लाग्दै आएको गाउँपालिका अध्यक्ष युकहाङ वीर हाङ्गाम (डम्बर) ले बताउनुभयो। मेलाको अवसरमा   भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमसमेत हुने पुसे मेला सञ्चालन समिति अध्यक्ष हेम सिरेङ चोङ्बाङले जानकारी दिनुभयो । पुसे मेला मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गम स्थल जिल्लाको दोस्रो ठूलो बजार दोभान बजारमा लाग्ने गर्दछ । गोरखापत्र 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...