प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

Published on

काठमाडौं । बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार बसेको भन्दै विपक्षी दलहरुले बागमती प्रदेश सरकारलाई प्रदेशसभा अधिवेशनका लागि प्रदेशसभा नियमावली अनुसार प्रतिपक्ष दल अगाडि बढ्ने चेतवानी दिएका छन् । प्रदेश सभाका विपक्षी दलहरु नेपाली कम्युनिष्ट पार्टी र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका छन् । गत भदौ २३ र २४ गतेको जेन्जी विद्रोहपछि देश ठुलो संकटबाट गुज्रिरहेको भन्दै  नेपाली कांग्रेस र नेकपा एमालेकै गठबन्धनबाट चलिरहेको बागमती प्रदेश सरकार देशले यति धेरै मानवीय र भौतिक क्षति व्यहोर्दा समेत प्रदेश सरकार गम्भिर नबनेको विपक्षी दलको आरोप छ । दुई दलिय गठबन्धन सरकारबाट आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम र बजेट आएको, यस बीचमा सरकारको नेतृत्व र मन्त्री मात्र फेरबदल भएको भन्दै ज्ञापनपत्रमा भनिएको छ विद्यमान सरकार पुरानो गठबन्धनकै निरन्तरता हो । तसर्थ सरकार आर्थिक वर्षका विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने दायित्वबाट पन्छिन पाउँदैन ।

मुख्यमन्त्री बानियाँलाई बुझाइएको ज्ञापनपत्रमा प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल आव्हान गर्नुपर्ने, आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यक्रम तथा बजेट कटौती नगरी हुबहु कार्यान्वयन गर्नुपर्ने र प्रदेश सभामा टेवल भई पारित भएका थप योजना शिर्षकमा बजेट व्यवस्था गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । प्रदेश सभाको संसदीय दल नेपाली कम्युनिष्ट पार्टी नेता एवं पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली कम्युनिष्ट पार्टीकै वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा दोस्रो त्रैमासिक सकिँदासम्म बजेट कार्यान्वयनमा सरकार अलमलमा परिरहेको जनाउँदै मन्त्रालय अनुसार फरक फरक निर्देशन दिने र पचास प्रतिशतसम्म विनियोजित कार्यक्रमको बजेट कटौती गरिएको भनिएको छ । नेता जम्कट्टेलले प्रदेश सभाबाट पारित बजेट कटौती गर्दा प्रतिपक्ष दलहरुसँग समन्वय र परामर्श नगरेको भन्दै सरकार एकल र स्वेच्छाचारी ढंगले चल्नुले हामीलाई गम्भिर बनाएको बताउनुभयो ।  उहाँले जेन्जी विद्रोहपछि प्रदेश सभाको बैठक बस्न सकिरहेको छैन भन्दै चालु वर्खे (बजेट) अधिवेशन हठात अन्त्य गर्नुले सरकार प्रदेश सभा र प्रदेशबासी जनताप्रति उत्तरदायी र जवाफदेही छैन भन्ने देखिएको बताउनुभयो । 

प्रदेशले बेहोर्नु परेको क्षति र जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार कानमा तेल हालेर बसेको विपक्षी दुई दलको आरोप छ । यस्तै लामो समयसम्म प्रदेश सभाले सभामुख पाउन नसक्दा प्रदेश सभा सचिवालय, नेता जम्कट्टेलले समिति र अन्य गतिविधि ठप्प भएको भन्दै हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरिएको बताउनुभयो । उहाँले सरकारले मागप्रति सुनुवाई नगरेमा प्रदेशसभा अधिवेशनका लागि प्रदेशसभा नियमावली अनुसार प्रतिपक्ष दल अगाडि बढ्ने जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...