घर-घरमै स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी

Published on

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको घरघरमै स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले सुरु गरेको यो कार्यक्रमले पालिका भित्रका सबै नागरिकको घर आँगनसम्म स्वास्थ्य सेवा पु¥याउँदै सचेतनाको स्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताउनुभयो । अध्यक्ष शाहका अनुसार समयमै स्वास्थ्यसम्बन्धी जानकारी नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विगतका अनुभवलाई मध्यनजर गर्दै यो कार्यक्रम अघि बढाइएको हो । उहाँले थप्नुभयो, “रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोडेर रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पहिचान गर्न यो कार्यक्रम ल्याएका हौं ।” गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सो कार्यक्रम अन्तर्गत गाउँपालिकाका सबै ६ वटा वडामा अनमी, स्टाफ नर्स र अहेव गरी १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उनीहरूले मुटुरोग, मानसिक स्वास्थ्य समस्या, पाठेघर तथा स्तन क्यान्सर, गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गर्दै आएका छन् ।

स्वास्थ्य शाखाका संयोजक नगेन्द्र कुमार शाहले कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गरिनेछ र नागरिकको अवस्था पहिचान गरेर तथ्याङ्कमा आधारित सेवा प्रवाह गर्ने मुख्य लक्ष्य रहेको छ । जनस्वास्थ्य अधिकृत करम चौधरीले यो कार्यक्रमलाई अर्थपूर्ण र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमको रूपमा व्याख्या गर्दै सम्पूर्ण वडामा स्वास्थ्यकर्मी परिचालन गरी तथ्याङ्क संकलन र जनचेतना विस्तारको काम सुरु भइसकेको जानकारी दिनुभयो । कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री गुरुङले नरैनापुर–१ गाउँपालिकाकै सबैभन्दा चुनौतीपूर्ण क्षेत्रमध्ये एक भएको बताउँदै यहाँ धेरै महिलाले गर्भधारणपछि आवश्यक ध्यान नदिने र समयमै स्वास्थ्य जाँच नगर्ने गरेको पाउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्ने गरेको बताउनुभयो । उहाँका अनुसार यो घरदैलो स्वास्थ्य सेवा अभियानले गर्भवती र सुत्केरी महिलालाई ठूलो फाइदा पुगेको छ । 

उता, स्थानीयवासीहरूले पनि स्वास्थ्यकर्मीको सक्रियता र निरन्तर उपस्थितिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताएका छन् । नरैनापुर २ का रमेश मौर्यले घरघरमै आएर स्वास्थ्य परीक्षण तथा परामर्श दिने र तथ्यांक संकलन गर्ने कार्यले धेरै बिरामीलाई लाभ मिलेको बताउनुभयो । गाउँपालिकाले यो अभियानलाई अझ विस्तार गर्दै दीर्घकालीन स्वास्थ्य सुधारको आधार बनाउने तयारी गरेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...