गुल्मी-१ मा कांग्रेसबाट १३ जना आकांक्षी

Published on

काठमाडौं । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी १ मा नेपाली कांग्रेसबाट १३ जना उम्मेदवारका आकांक्षी देखिएका छन्। सत्यवती गाउँपालिका-६, जोहाङ्ग खैरेनीमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकमा क्रियाशील सदस्यता सम्बन्धी व्यापक छलफलपछि भएको उम्मेदवार सिफारिस सम्बन्धी छलफलमा प्रत्यक्षतर्फ सात जना र समानुपातिकतर्फ छ जनाले आकाङ्क्षी देखाएका हुन्। 

क्षेत्र नम्बर-१ का सचिव मार्कण्ड भण्डारीका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार भएको क्षेत्रीय कार्यसमितिको बैठकमा आकाङ्क्षीहरु स्वयम् आफै र वारेसमार्फत उपस्थित भएका थिए। उम्मेदवार हुनका लागि आकाङ्क्षा राखेकाहरुको नाम सङ्कलन गरिएको छ। प्रत्यक्षतर्फ डा. चन्द्रकान्त भण्डारी, श्रीप्रसाद भलामी, भरत बस्नेत, अमृत ज्ञवाली, रवि ज्ञवाली, राधिका न्यौपाने र धनकुमारी रानाले इच्छा देखाउनुभएको छ। 

त्यसैगरी समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि झक बहादुर पुन, भानुभक्त सुवेदी, मीना भण्डारी, गंगा पाण्डे (सीता), निर्मला सुवेदी र भगवती काफ्ले भण्डारीले इच्छा देखानुभएको छ। कांग्रेस केन्द्रले उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत, नभए बढीमा तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरेको हुँदा क्षेत्रीय कार्यसमितिको पुन: बैठक बसी पार्टीको विधानसम्मत उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरिने उहाँले बताउनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...