देशभर मौसम सामान्य, हिमाली भूभागमा आंशिक बदली

Published on

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

मौसम स्थिर रहेकाले देशका अधिकांश स्थानमा दैनिक जनजीवनमा खासै असर नपर्ने महाशाखाले जनाएको छ। तर हिमाली क्षेत्रका केही स्थानमा आंशिक बदली देखिन सक्ने जनाइएको छ। यसैबीच, काठमाडौँ उपत्यकाको मौसम पनि सामान्य रहने अपेक्षा गरिएको छ। आज उपत्यकामा न्यूनतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको आसपास रहने महाशाखाले जानकारी दिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...