निःशुल्क मुटु परीक्षण शिविरः दुई हजार चार सय बालबालिकाको परीक्षण

Published on

काठमाडौं । सोलुखुम्बुः सोलुखुम्बुको सोताङ गाउँपालिकामा आयोजित निःशुल्क मुटु स्वास्थ्य शिविर तथा बालबालिकाहरुको मुटु परीक्षणमा दुई हजार ४५६ जनाको मुटु परीक्षण गरिएको छ । सोताङ गाउँपालिकाको वडा नम्बर १,२,३ र ५ मा सम्पन्न मुटु शिविरमा १२० जनाको इको परीक्षण गरिएको थियो । नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब र चेपेल फाउण्डेशनको आयोजनामा सम्पन्न मुटु शिविरमा १५ वटा विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले दिनुभएको जानकारी अनुसार मुटुरोगीमध्ये उच्चरक्तचाप ७० प्रतिशत, दमखोकी ५० प्रतिशत र मधुमेह १५प्रतिशत पाइएको थियो । डा. रेग्मीले जन्मजात मुटुरोग ८ प्रतिशत, पेट सम्बन्धि रोग ३० प्रतिशत, बाथमुटुरोग ५ प्रतिशत पाइएको बताउनुभयो । मुटुरोग शिविरमा मुटुरोग विशेषज्ञ डा.रेग्मी सहित डा.उर्मिला शाक्य, डा.प्रेमराज वैद्य, डा. अजय अधिकारी, डा.एन्जेला वैद्यले परीक्षण गर्नुभएको थियो । 

मंसिर २९ र पुस १ गते सम्पन्न शिविरका लागि बिरामीहरुलाई लोमस फर्मास्युटिकल्सले पाँचलाख बराबरको औषधी निःशुल्क रुपमा वितरण गरिएको थियो । “स्वस्थ मुटु, स्वस्थ जीवन” भन्ने मूल नारासहित शिविरको आयोजना गरिएको छ । शिविरमा मुटुसम्बन्धी सम्पूर्ण परीक्षण, निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गरेको सोताङ अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर बिकेश श्रेष्ठले जानकारी दिनुभयो ।  शिविरमा मुटुको ईसीजी, रक्तचाप परीक्षण, प्रारम्भिक मुटु जाँच, औषधि वितरण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइएको थियो ।

डा. श्रेष्ठका अनुसार शिविरबाट वडा नम्बर १, २, ३ र ५ का नागरिकहरू बढी लाभान्वित भएका छन् । ग्रामीण भेगमा बसोबास गर्ने नागरिकहरूलाई विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले बताउनुभयो । त्यस्तै, वडा नम्बर ४ का नागरिकहरू तथा विद्यालयका विद्यार्थीहरूलाई समेत समेट्ने उद्देश्यले शिविर आज पनि निरन्तर रूपमा सञ्चालन भइरहेको छ । विद्यार्थी तथा किशोर–किशोरीहरूमा बढ्दो मुटु सम्बन्धी जोखिमलाई ध्यानमा राख्दै उनीहरूलाई पनि जाँच तथा सचेतना प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

सहकार्य गर्ने संस्थाहरूले प्राविधिक सहयोग, चिकित्सक टोली, औषधी तथा आवश्यक उपकरणको व्यवस्थापन गरेका छन् । स्थानीय बासिन्दाहरूले निःशुल्क रूपमा विशेषज्ञ मुटु सेवा पाउँदा खुसी व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार प्रकट गरेका छन्। स्वास्थ्य सेवामा पहुँच सीमित रहेका दुर्गम क्षेत्रका नागरिकहरूका लागि यो शिविर निकै उपयोगी बनेको छ भने मुटु रोगको समयमै पहिचान र उपचारमा समेत महत्त्वपूर्ण योगदान पुगेको स्थानीयहरुको भनाइ छ । गोरखापत्र 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...