फागुन २१ को निर्वाचन महोत्सव बन्दैछ : सञ्चारमन्त्री खरेल

Published on

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनावलाई सफल बनाउन सरकार लागि परेको भन्दै यसलाई महोत्सव बनाउनुपर्ने बताउनु भएको छ । बिहीबार गोरखापत्र संस्थानको ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘‘चुनावलाई सफल बनाउने वातावरणका लागि सरकार काम गरिराखेको छ । मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनत उत्साव होइन, अब महोत्सव बन्दैछ ।’’ 

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको यो सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र चुनाव रहेको सम्झना गर्नु हुँदै मन्त्री खरेलले तीनवटै ‘मेन्डेट’ पूरा गर्न सरकार सक्रिय भएको बताउनु भयो ।  उहाँले तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेको जानकारी दिनु हुँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य एको प्रष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।’’  गोरखापत्र डिस्कोर्सबाट प्राप्त निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्ने प्रतिबद्धतासमेत सञ्चारमन्त्री खरेलले गर्नु भएको छ । ‘यो डिस्कोर्सको निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्ने छ’, उहाँले भन्नु भयो । 

यो गोरखापत्रको डिस्कोर्सले नेपाल बनाउने सन्दर्भमा मिडियाको भूमिका कुन हदसम्म हुन्छ भन्ने प्रभाणित गरेको उहााको भनाइ छ। ‘मिडियाले सूचना र शिक्षा सम्प्रेषण मात्र गर्ने होइन मिडियाले डिस्कोर्स तयार गर्छ । विकासका लागि तालिम दिन्छ, मिडिया मिडियाको भूमिकामा मात्र नरहेर मुलु्क बनाउने भूमिका हुन्छ भन्ने मानक गोरखापत्र संस्थानले स्थापना गरेको छ’,उहाँले भन्नु भयो । हाफूले मन्त्रालयको जिम्मेवारी लिएको भोलिपल्ट नै राज्यबाट सञ्चालित सञ्चार माध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुै निर्णय लिएको र त्यसलाई गोरखापत्रले सुरुमै कार्यान्वयन गरेकोप्रति उहाँले खुसी व्यक्त गर्नु भयो । 

‘सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु गर्ने राज्यबाट सञ्चालित मिडियामा पहिलो बनेकोमा गोरखापत्र संस्थानलाई धन्यवाद दिन चाहन्छु’, उहाँले भन्नु भयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वर्षौदेखि अड्किएको कर्मचारी सङ्गठन तथा संरक्षण प्रतिवेदन (ओएनएम) पारित गरेको समेत जानकारी गराउनु भयो । 

उहाँले गोरखापत्र अब नेपाली आमसञ्चार माध्यममा अझ बढी व्यावसायिक, अझ बढी प्रतिस्पर्धी र अझ बढी युग सुहाउँदो हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘गोरखापत्रले अब डिजिटल हाइवेमा रफ्तारमा अगाडि बढ्नु पर्ने छ । अब सबै आउटलेटलाई डिजिटल हाइवेमा अगाडि बढ्नु पर्ने छ । अब मोबाइल र डिजिटल प्लेटफममा देखिनु पर्ने छ ।’  यो डिस्कोर्सले मन्त्रालयलाई आनन्दको अनुभूति गराएको उहाँले बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...