तमोरमा अन्डरपास निर्माण गरिँदै

Published on

काठमाडौं । धनकुटा नगरपालिका–९, मूलघाटस्थित तमोर नदीमा सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले भारवहन सामान लैजान अन्डरपास निर्माणको काम गरिएको छ । आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अन्डरपास निर्माणको काम भइरहेको हो । आयोजनाले करिब ६० मिटर लामो अन्डरपास बनाउने काम धमाधम गरिरहेको छ । कोशी राजमार्गमा पर्ने धरान–धनकुटा सडकखण्ड अन्तर्गत मूलघाट दुई सय मिटर लामो पक्की पुल २०४० सालमा निर्माण गरिएको छ । तमोरमा भएको उक्त पुलको अधिकतम भारवहन क्षमता भने सत्तरी टन मात्रै रहेको छ । 

निर्माणाधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइनलगायतका भारी उपकरणसहित ट्रकको १४० टनसम्म सामग्री आउँदै गरेको आयोजनाका डिजिएम पङ्कज आनन्दले जानकारी दिनुभयो । उहाँले उक्त भार भवन सामग्री लैजान अन्डरपास निर्माणको काम भइरहेको बताउनुभयो । सडक विभागबाट स्वीकृति लिई तमोरमा अन्डरपास निर्माणको काम अगाडि बढाइएको उहाँले बताउनुभयो । नेपाल सरकारको अनुमति पाएपछि अन्डरपास बनाउन सुरु भएको उहाँको भनाइ रहेको छ । बढी तौल भएका भारवहन सामग्री लोड गरिएका ट्रक पुलबाट तार्दा पुलमा क्षति पुग्ने भएकाले अन्डरपास निर्माण थालिएको पाइएको हो । हिउँदको समय भएकाले तमोर नदीमा पानीको सतह कम छ, पानीको सतह बढ्नुअघि नै भारी सामग्री ओसारिसक्ने तयारी रहेको पाइएको छ ।

यता सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्रप्रसाद साहका अनुसार  धरान–धनकुटा सडकको अधिकतम भारवहन क्षमता करिब ४० टन मात्रै रहेको बताउनुभयो । ४० टनभन्दा बढी भारका मालवाहक सवारीसाधन सञ्चालन गर्न नपाइने उहाँको भनाइ रहेको छ तर आयोजनाका भारवहन सामग्री ओसार्दा पुलमा क्षति पुग्ने भन्दै अन्डरपास बनाइए पनि सडकको भारवहन क्षमता कम रहेको छ । डिजिएम आनन्दले भने परियोजना निर्माणका लागि राजमार्ग प्रयोग गरी सामग्री ओसारपसार गर्न नेपाल सरकारले स्वीकृति दिएको दाबी गर्नुभयो । धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले राष्ट्रिय गौरवको आयोजना भएकाले सहमतिमार्फत माथिबाटै सहजीकरण हुने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...