चुच्चेढुङ्गा – दारीमबोट खेतमा सिँचाइ गर्न कुलो निर्माण

Published on

काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिका – ६ ताकुकोटस्थित चुच्चेढुङ्गा – दारीमबोट खेतमा सिँचाइ गर्न कुलो निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत साढे तीन लाख बजेटबाट निर्माण सम्पन्न भएको उक्त सिँचाइ कुलोले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ । वर्षैदेखि प्रयाप्त सिँचाइ अभाब झैल्दै आएका यस क्षेत्रका किसानहरु कुलो निर्माणपछि उत्साहित देखिएका छन् । वर्षाको भर परेर खेती गर्न बाध्य किसानहरु अब नियमित रुपमा खेतमा पानी पु–याउन सक्ने भएका बारपाक सुलीकोट गाउँपालिकाका स्थानिय जनप्रतिनिधि जितबहादुर नेपालीले बताउनुभयो ।

कुलो निर्माणसँगै धान, मकै, गहुँ तथा तरकारी बालीको उत्पादन वृद्धि हुने विश्वास स्थानीय किसानहरुले गरेका छन् । स्थानीय किसानको उत्पादनमा वृद्धि भई आय आर्जनमा समेत सुधार गर्ने उदेश्यले सिँचाइ पूर्वाधारमा लगानी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सिमित स्रोत साधनको बाबजुद पनि किसानको आवश्यकता पहिचान गरी योजना कार्यन्वयन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबास आलेले बताउनुभयो । उक्त क्षेत्रमा झण्डै एक सय ७ रोपनी क्षेत्रफल भएको खेतमा सिँचाइ सुविधा पुग्ने भएको बताइएको छ । सामान्य कुलोको भरपनि अत्यधिक मात्रा धान उत्पादन हुने खेती योग्य जमिन भएकाले पनि गाउँपालिकाले बजेट विनियोजन गरी चुच्चेढुङ्गा – दारीमबोट खेतमा सिँचाइका लागि कुलो निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

आगनमी दिनमा आवश्याकता र औचित्यको आधारमा थप सिँचाइ तथा कृषि प्रबर्धनका कार्यक्रम सञ्चालन गरिने पनि प्रमुख प्रशासकीय अधिकृत आलेको भनाइ छ । गाउँपालिकाको प्रत्यक्ष निगरानीमा कुलो दिगो र सुरक्षित बनाउन गुणस्तरिय सामग्री प्रयोग गरिएको बताइएको छ । कुलो निर्माण सम्पन्न भएपछि सयौँ किसानहरुले गाउँपालिकालाई धन्यवाद दिँदै यस्तो प्रकारको विकास निर्माणका काम निरन्तर अघि बढ्नुपर्ने माग गरेका छन् । सिँचाइ सुविधा विस्तारसँगै बाझो जमिन सदुपयोग हुने र गाउँको कृषि अर्थतन्त्र सबल बन्दै जाने विश्वास गाउँपालिकाले लिइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...