भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

Published on

काठमाडौं । जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् । किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको डढुवाको सङ्क्रमण पटकपटक औषधि प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । “विगतका वर्षहरूमा यस्तो प्रकारको रोग देखिएको थिएन”, उहाँले भन्नुभयो, “यो वर्ष एकपटक रोपिएको आलु पूर्ण रूपमा नष्ट भयो । पुनः रोपाइँ गरेका छौँ, तर त्यसमा पनि रोग देखिन थालेको छ ।”

अघिल्लो यामको असोज र कात्तिकमा लगाइएको आलु डढुवाका कारण पूर्ण रूपमा नष्ट भएपछि किसानहरू आर्थिक क्षतिमा परेका छन् । त्यसपछि पुनः विस्तार गरिएको आलुखेतीमा पनि सङ्क्रमण देखिन थालेपछि किसानमा थप चिन्ता थपिएको भोजपुर(५ का नवराज फुयाँलले बताउनुभयो । “रोग यसैगरी फैलिँदै जाने हो भने यस वर्ष आलु उत्पादन घट्ने देखिन्छ”, उहाँले भन्नुभयो । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो । जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ ।

कृषि प्राविधिकले डढुवा सङ्क्रमण नियन्त्रणका लागि समयमा रोग पहिचान, उपयुक्त औषधि प्रयोग तथा मौसमअनुसार सावधानी अपनाउन किसानलाई सुझाव दिएका छन् । डढुवाको सङ्क्रमण बढ्दै जाँदा किसानहरूले तत्काल प्रभावकारी प्राविधिक सहयोग र अनुगमनको माग गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...