रेडक्रस सोसाइटीको सहयोग

Published on

काठमाडौं । आगालागी क्षति व्यहोरेका पुतलीबजार नगरपालिका –१० सुम्रेखोलाका शालिकराम अर्यालको परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले सहयोग प्रदान गरेको छ । रेडक्रस स्याङ्जाले पीडित परिवारलाई कम्बल, ब्लान्केट, त्रिपाल तथा भाडा सेट लगायतका खाद्य सामग्री वितरण गरेको हो । विपदका बेला पीडितको दुःखमा साथ दिने उद्देश्यका साथ उक्त सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका सभापति दिनेश अर्यालले बताउनुभयो ।

सभापति अर्यालले नेपाल रेडक्रस सोसाइटी स्याङ्जा सदैव विपद् र आपत्को घडीमा पीडितलाई राहत उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सोही अभियानअन्तर्गत अर्यालको परिवारलाई सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । यस्तै, नेपाल रेडक्रस सोसाइटी स्याङ्जा चक्रकमला उपशाखाले आर्थिक सहयोग स्वरूप नगद पाँच हजार रुपियाँ पनि प्रदान गरेको हो ।

गत आइतबार बिहान करेन्ट सर्ट भएर आगलागी हुँदा अर्यालको एकतले पक्की घरको सटर कोठामा सञ्चालनमा रहेको अतिरिक्त हुलाक सेवाको कार्यालय र सोही स्थानको किराना पसलमा क्षति पुगेको थियो । घटनामा मानवीय क्षति भने नभएको स्याङ्जा प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...