घरबास पर्यटन तथा लज व्यवस्थापन सम्बन्धी तालिम

Published on

काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–१ स्थित क्हेचो गाउँमा अतिथी सत्कार, घरबास पर्यटन तथा लज व्यवस्थापन सम्बन्धी तालिम सुरु भएसँँगै ग्रामिण पर्यटन विकासको नयाँ ढोका खुलेको छ । स्थानीय स्रोत, सीप र सम्भावनलाई पर्यटनसँग जोड्दै दिगो आम्दानी सृजना गर्ने उदेश्यका साथ सुरु गरिएको यस तालिमले अजिरकोट क्षेत्रमा पर्यटन प्रवर्धनलाई थप गति दिने अपेक्षा गरिएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले बताउनुभयो । उहाँका अनुसार पुस १ गते देखि ५ गतेसम्म चल्ने तालिममा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघिय बिकास कार्यक्रम युएनडिपी अन्र्तगतको दिगो पर्यटन परियोजना एसटिपी तथा ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल टान को सहकार्यमा सञ्चालन भईरहेको तालिमले स्थानिय समुदायलाई पर्यटनमैत्री सीप र ब्यबहारमा दक्ष बनाउने लक्ष्य लिएको छ । 

उक्त तालिममा अतिथी सत्कारका आधारभुत देखि व्यवसायिक सीप घरबास सञ्चालनका मापदण्ड, स्वच्छता, सेवा व्यवस्थापन, खानपानको गुणस्तर पर्यटकसँगको व्यवहार साथै लज व्यवस्थापनको व्यवहारिक पक्षहरु समेटिएका छन् । क्हेचो गाउँ कृषि, पशुपालन र जौबिक जीवन शैलीका साथ मनोरम प्राकृतिकको दृश्यले भरिपूर्ण गाउँ हो । परम्परागत संस्कार, स्थानीय खानपान, मौलिक संस्कृति र शान्त ग्रामिण वातावरणका कारण यहाँ ग्रामिण पर्यटनको अपार सम्भावना रहेको छ । तालिममा अजिरकोट गाउँपालिकाका पाँच वटै वडाबाट प्रतिनिधी सहभागी रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो । तालिमपछि सहभागिहरुले आफना गाउँघरमै घरबास सञ्चालन गर्ने लज तथा साना पर्यटन व्यवसाय व्यवस्थित रुपले अघि बढाउने र पर्यटकलाई स्तरिय सेबा प्रदान गर्ने आत्मविश्वास बढेको बताएका छन् । 

अजिरकोट गाउँपालिकाले युवालाई गाउँमै रोजगारतर्फ आकर्षित गर्ने, वैदेशिक पलायन कम गर्ने र स्थानिय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरेको बताएको छ । पर्यटकिय गन्तव्यकाे रुपमा विकास भएको अजिकोटमा जन्मदिन मनाउन पनि गोरखा सदरमुकाम, चितन, धादिङदेखि आन्तिरिक पर्यटक भच्चेक बजार आउने गरेका अजिरकोट गाउँपालिकाले जनाएको छ । यस तालिमले अजिरकोटलाई ग्रामिण पर्यटनको आकर्षण गन्त्बयको रुपमा चिनाउने आधार तय भएको छ । स्थानीय सहभागिता, सीप विकास र दिगो पर्यटन अवधारणको सफल कार्यान्वयनसँगै अजिरकोटमा पर्यटन विकासको नयाँ अध्याय सुरु भएको सङ्केत देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...