मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

Published on

काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । गएराती भित्री सडक खण्डमा गोलगाउँबाट कासीजामतर्फ जाँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको ज्यान गएको हो । मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरीक्षक सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । घाइते दासलाई तत्काल उपचारका लागि रङ्गेली अस्पताल लगिएको भए पनि चिकित्सकले राति नै मृत घोषणा गरेका थिए । 

दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–४ कै २७ वर्षीय अकलेशकुमार मण्डल पनि घाइते अवस्थामा रहेको बताइएको छ । यसैबीच, मोरङकै ग्रामथान गाउँपालिका–३ कौशल्या चोकमा रोकेर राखिएको गाडीमा मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते भएका छन् । विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको मोटरसाइकल सडकछेउमा रोकेर राखिएको सिमेन्ट घोल्ने मेसिनमा राति नै ठोक्किएको हो ।

दुर्घटनामा ग्रामथान–१ का ४० वर्षीय सन्तोषकुमार माझी गम्भीर घाइते हुनुभएको हो । उनको शरीरका विभिन्न भागमा चोट लागेको र विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै घटनाका सवारीसाधन तथा सम्बन्धित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...