योग र ध्यानले मन शुद्ध भए भ्रष्टाचार घट्न सक्छ : मन्त्री महावीर पुन

Published on

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा व्यापक रूपमा फैलाउन सके भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताउनुभएको छ। विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले मन शुद्ध बनाउनु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो। मन्त्री पुनका अनुसार मन शुद्ध नभए लोभ, लालसा र घमण्डजस्ता नकारात्मक प्रवृत्ति बढ्ने र त्यसकै कारण भ्रष्टाचार मौलाउने गर्दछ। भ्रष्टाचार हटाउने कुनै चमत्कारी औषधी नहुने भए पनि योग र ध्यानले मानिसको मन शुद्ध बनाउने भएकाले यसले भ्रष्टाचार घटाउन सहयोग पुर्‍याउन सक्ने उहाँको भनाइ थियो।

योग र ध्यानलाई गाउँगाउँसम्म पुर्‍याउन सबैले सक्रिय प्रयास गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यालयस्तरमै यसको अभ्यास गराउन निर्देशन दिइसकेको जानकारी दिनुभयो। योग र ध्यान पढ्ने विषयभन्दा पनि अभ्यास गर्ने विषय भएकाले विद्यालयमा शुक्रबारको दिनलाई नियमित पढाइभन्दा बाहिर अतिरिक्त क्रियाकलापका लागि प्रयोग गर्ने प्रस्ताव अघि सारेको पनि उहाँले बताउनुभयो। मन्त्री पुनले योग र ध्यानको अभ्यासले मनलाई शान्त र शुद्ध बनाउने भएकाले यसको महत्व समाजका सबै तहमा बुझाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...