मौलिक संस्कृति र पहिचान जोगाउन प्रधानमन्त्री कार्कीको आग्रह

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्नो परम्परा, संस्कृति र पहिचान बिर्सन नहुने बताउनुभएको छ। संस्कृतिभित्र रहेका हानिकारक प्रथालाई समयअनुसार सुधार गर्दै जानुपर्ने भए पनि मौलिक परम्परा र भेषभूषा भने जोगाइराख्न आवश्यक रहेको उहाँको जोड थियो। तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले उक्त धारणा व्यक्त गर्नुभएको हो। गुरुङ समुदायको परम्परागत भेषभूषामा सजिएर आएको प्रतिनिधिमण्डलको प्रशंसा गर्दै उहाँले यस्ता मौलिक पहिरनले नेपाली पहिचानलाई थप उजागर गर्ने बताउनुभयो।

प्रधानमन्त्रीले सरकारी कार्यालयहरूमा पनि कर्मचारीहरूले हप्तामा एक दिन भए पनि आफ्नो परम्परागत पोशाक लगाउने व्यवस्था गर्न सकिने धारणा राख्नुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले भन्नुभयो, “कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन्। आधुनिकताका नाममा मौलिकता हराउँदै गएको छ। तर हामी नेपालीसँग विविध संस्कृति, परम्परा र आफ्नोपन प्रशस्त छ, जसलाई जोगाउन जरुरी छ।” उहाँले मौलिक संस्कृति संरक्षणका लागि सरकारी तहबाट समेत सकारात्मक पहल हुनुपर्ने उल्लेख गर्दै सरकारी कार्यालयमै परम्परागत पोशाक प्रवर्द्धन गर्ने विषयमा सोच्न सकिने बताउनुभयो। भेटका क्रममा परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्री कार्कीलाई यही पुस १५ गते आयोजना हुने तमु ल्होसार विशेष कार्यक्रममा सहभागी हुन औपचारिक निमन्त्रणा दिनुभएको थियो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...