‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

Published on

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताउनु भएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उहाँले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताउनु भयो । 

सचिव घिमिरेले आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि सरकारले नीतिगत क्षेत्रमा सुधारका महत्त्वपूर्ण काम गरिरहेको उल्लेख गर्नु भयो । उहाँले व्यवसायीले राखेका मागलाई सरकारले क्रमशः सम्बोधन गर्दै लैजाने प्रतिबद्धता जनाउनु भयो । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न चाहेको बताउनु भयो । उहाँले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउनका लागि आयल निगम प्रयासरत रहेको उल्लेख गर्नु भयो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्द, पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट ग्यास आयतका लागि पाइपलाइन विस्तार गर्नुपर्नेमा जोड दिनु भयो । उहाँहरूले ग्यास आयतका क्रममा लगाइएको दोहोरो कर हटाउन सरकारसँग आग्रह गर्नु भयो । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङघका उपाध्यक्ष सुरकृष्ण वैद्यलगायतले व्यवसायीले भोग्नुपरेका समस्या सरकारले विस्तारै सम्बोधन गर्दै लैजानुपर्ने धारणा राख्नु भयो । उहाँहरूले मुलुकमा व्यावसायिक नीति बनाउन मागसमेत गर्नु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...