विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔंः गृहमन्त्री अर्याल

Published on

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको बताउनुभएको छ  सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड), खुमलटारमा आयोजना गरेको दुई दिने “पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी’’ चौथो राष्ट्रिय संवादको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्नुहुँदै, मन्त्री अर्यालले नेपाल बहुप्रकोपीय विपद् जोखिमको हिसाबले अत्यन्त संवेदनशील मुलुक रहेकोले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, “यसका लागि हामीलाई विशेष गरी जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्व सूचना प्रणालीको अत्यन्त महत्त्वपूर्ण भूमिका रहनेछन् ।’’ मन्त्री अर्यालले यी सबै कुरालाई नेपालले आफ्नो नीतिगत तथा कानुनी व्यवस्थामा स्पष्ट रूपमा समेट्दै आएको पनि भन्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले सङ्घ, प्रदेश र स्थानीय तहमा बहुप्रकोप पूर्व सूचना प्रणाली सञ्चालन गर्ने जिम्मेवारी तोकेको बताउनुभयो । “विपद्को पूर्व तयारी गर्दा सही र समयमै गरिएको निर्णय तथा पूर्वकार्यले धेरैको ज्यान बचाउन सक्ने बताउनु हुँदै,’’ मन्त्री अर्यालले भन्नुभयो, “विपद् पूर्व तयारी, पूर्व सूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको छ ।’’ यसमा प्राधिकरणले खेलेको भूमिका प्रशंसनीय रहेको मन्त्री अर्यालले उक्त अवसरमा बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...