लोकप्रिय माविलाई शैक्षिक सामग्री वितरण

Published on

काठमाडौं । चामेमा रहेको लोकप्रिय आवासीय विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले पाँच लाख ५० हजार रुपियाँ बराबरका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो । फोर नेपालद्वारा आयोजित तथा मोटर हर्सद्वारा सञ्चालन गरिएको २०८१ सालको बृहत् मोटरसाइकल राइडर मिट कार्यक्रमबाट सङ्कलित रकमबाट शैक्षिक सामग्री वितरण गरिएको हो । वितरित सामग्रीहरूमा चार थान ल्यापटप, दुई थान क्यानन कम्पनीका प्रिन्टर, एक थान इन्भर्टर, दुई थान एक्साइड ब्याट्री तथा केही कापीहरू रहेका छन् । प्रविधिमैत्री शिक्षालाई प्रवर्धन गर्ने र दुर्गम हिमाली क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित सामग्री सहयोग गरिएको आयोजक संस्थाले जनाएको छ । मोटर हर्सका अध्यक्ष मोहन गुरुङले मोटरसाइकल राइड केवल साहसिक यात्रा मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियानसमेत भएको बताउनु भयो । “हिमाली भेगका विद्यालयमा आवश्यक शैक्षिक सामग्रीको अभाव छ, त्यसलाई केही हदसम्म सम्बोधन गर्न पाउँदा खुसी लागेको छ,” उहाँले भन्नु भयो ।

फोर नेपालका प्रतिनिधि सकिल थकालीले राइडर मिटबाट उठेको रकम सामाजिक क्षेत्रमा लगानी गर्ने फोर नेपालको निरन्तर अभ्यास रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रधानाध्यापक कृष्णदास कोइरालाले प्राप्त सामग्रीले विद्यालयको पठनपाठनमा ठुलो सहयोग पुग्ने बताउनु भयो । “विद्युत् अभाव र प्रविधिको कमीका कारण शिक्षण सिकाइमा समस्या हुँदै आएको थियो, अब विद्यार्थी डिजिटल शिक्षातर्फ अगाडि बढ्न सक्ने छन्,” उहाँले भन्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरेस थकालीले दुर्गम क्षेत्रका विद्यालयप्रति चासो राखेर सहयोग गर्ने सङ्घसंस्था र व्यक्तिहरूप्रति आभार प्रकट गर्नुभयो । स्थानीय जनप्रतिनिधिहरूले पनि निजी क्षेत्र र सामाजिक संस्थाको सहकार्यले शिक्षा क्षेत्र मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानाध्यापक कृष्णदास कोइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरेस थकाली, चामे गाउँपालिका वडा ४ का वडाध्यक्ष लोब्साङ लामा, मोटस हर्सका अध्यक्ष मोहन गुरुङ, फोर नेपालका सकिल थकाली तथा छेडुप बम्जनको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...