भरतपुरमा कविता तथा संस्कृति विमर्श गोष्ठी

Published on

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा चितवनको भरतपुरमा एकदिवसीय कविता तथा संस्कृति विमर्श गोष्ठी सम्पन्न भएको छ । विद्यालयमा कुलपति कार्यक्रमअन्तर्गत नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुरमा कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी, नेपाल प्रज्ञा–प्रतिष्ठानअन्तर्गत मौखिक इतिहास, काव्य एवं दर्शनशास्त्र विभागको आयोजनामा एक दिवसीय कविता तथा संस्कृति विमर्श गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत र डा. कौशिला रिसालको उपस्थिति थियो । प्राज्ञसभा सदस्य रामहरि श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, प्राडा अम्मन जोशीसहित पाँच जना विज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी र विमर्शसमेत गरिएको थियो ।

शब्द, कला तथा साहित्य प्रतिष्ठान चितवनको संयोजनमा सम्पन्न गोष्ठीमा चितवन जिल्लामा रहेका स्थानीय तहका प्रज्ञा–प्रतिष्ठानहरू सह–आयोजकका रूपमा थिए । कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति राईले गर्नुभएको थियो । उहाँले कार्यपत्र प्रस्तोता तथा स्थानीय प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको आयोजकले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...