सेती नदीमाथिको पुल निर्माण अलपत्र

Published on

काठमाडौं । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा छ । गण्डकी प्रदेशकै महत्त्वपूर्ण पूर्वाधार मानिएको यो पुल समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ भने आयोजनाको लागत र समय दुवै बढ्दै गएको छ । वि.सं. २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएर निर्माण थालिएको यो पुलको भौतिक प्रगति हालसम्म ६५ प्रतिशत मात्रै छ । गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार १९४ रुपियाँको लागतमा निर्माण भइरहेको १५५ मिटर लामो यो पुल ‘स्टिल ट्रस’ प्रकृतिको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७७ चैत २३ गते शिलान्यास गरिएको भए पनि ठेकेदारको ढिलासुस्ती र विभिन्न बहानामा हालसम्म तीन पटक म्याद थप भइसकेको छ । यो पुलले व्यास नगरपालिका–३ को देउराली नगर र ऋषिङ गाउँपालिका–१, झापुटार जोड्छ ।

पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीले निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको बताउनु भयो । तिवारीका अनुसार पुलको ’स्टिल पाट्र्स’ फेब्रिकेसनको काम सकिएको र दुई वटा ’स्पान’ मध्ये एउटा यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, “बाँकी कामका लागि आवश्यक सामग्री भारतबाट आइसकेको छ । हामीले निर्माण कम्पनीलाई २०८२ चैतको अन्तिम म्यादभित्रै काम सक्न कडा निर्देशन दिएका छौँ ।’’ पाइल फाउन्डेसनमा आधारित यो पुल ९।५ मिटर चौडा हुने छ । पछिल्लो समय कार्यालयले कामलाई तीव्रता दिन दबाब दिएपछि निर्माण स्थलमा केही चहलपहल बढेको छ । यद्यपि, पटक–पटक म्याद थपिने तर काम नहुने प्रवृत्तिले गर्दा तोकिएको नयाँ समय सीमाभित्र पुल सञ्चालनमा आउनेमा स्थानीय अझै सशंकित छन् । 

पुल निर्माणमा भएको ढिलाइप्रति नागरिक स्तरबाट चर्को आलोचना भइरहेको छ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका निर्मावन अध्यक्ष एवं साहित्यकार सागर उदासले पुलको दुरावस्थाप्रति  दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भयो, “व्यास र ऋषिङलाई जोड्ने यो पुल हाम्रो समृद्धिको आधार थियो, तर पाँच वर्षसम्म पनि अलपत्र रहनु अत्यन्तै दुःखद पक्ष हो । विकासका काममा हुने यस्तो ढिलासुस्तीले जनतामा राज्यप्रति नै नैराश्यता पैदा गर्छ ।’’ गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...