मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर सुरु

Published on

काठमाडौं । जिल्लाको मटिहानी नगरपालिकाले हरेक वर्ष पालिकामा गर्दै आएको एकीकृत घुम्ती शिविरलाई यस वर्ष पुनः निरन्तरता दिएको छ । पालिका तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यले मटिहानी नगरपालिकाले मङ्गलबारदेखि एकीकृत घुम्ती सेवा शिविर–२०८२ सञ्चालनमा ल्याएको हो । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले उक्त एकीकृत घुम्ती सेवा शिविरको एक कार्यक्रमबिच उद्घाटन गर्नुहुँदै पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पुर्‍याउने उद्देश्यले उक्त एकीकृत घुम्ती सेवा शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले एकिकृत घुम्ती शिविरबाट अपाँग, गरिब, दलित समुदायकाहरु प्रत्यक्ष लाभान्वित हुने बताउनुहुँदै स्थानीय नागरिकहरूलाई आफ्नै गाउँ–टोलमै आवश्यक सेवा लिन आग्रह समेत गर्नुभयो।

मटिहानी नगरपालिकाको वडा १ सिरसियाबाट शुभारम्भ गरिएको यो शिविर नगरपालिकाको ९ वटै वडामा पुग्ने बताउनुहुँदै उहाँले नगरपालिकासम्म पुग्न नसक्ने स्थानीयबासीहरुलाई एकै ठाउँबाट सम्पूर्ण सेवा लिन सकिने भएकोले सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस कार्यले स्थानीय पालिका र नगरबासी विचको सम्बन्धमा सुधार हुनुका साथसाथै गुनासोहरु सुन्ने, समाधानको प्रयास समेत गरिने नगरप्रमुख मण्डलले बताउनुभयो । शिविरमा योजना सम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, कृषि प्रयोजनका लागि माटो परीक्षण, कृषि मिटर सिफारिस, तरकारीको मिनी किट वितरण, गोबर तथा गर्भ परीक्षण, पशुपन्छीसम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायतका सम्पूर्ण सेवाहरू प्रदान गरिने नगर प्रमुख मण्डलले जानकारी दिनुभयो । सो एकिकृत शिविरमा स्वास्थ्य बीमा सेवा पनि उपलब्ध गराइने भएकोले सबै नगरबासीहरुलाई सेवा लिन उहाँले आग्रह गर्नुभयो । नगरपालिकामा भइरहेको सेवा प्रवाहको मूल्याँकन समेत एकिकृत शिविरबाट हुने भएकोले पनि बढीभन्दा बढी संख्यामा शिविरमा आउन उहाँले आग्रह गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा नगरपालिकका उपप्रमुख मञ्जु देवी साह, वडा नं. १, ४, ५ र ६ का वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, लेखा शाखा प्रमुख विजय कुमार यादवलगायत सम्पूर्ण शाखाका प्रमुखहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, वडा सचिवहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीयबासीहरुले नगरपालिकाले घरदैलौमै आएर आवश्यक पर्ने सेवाहरु उपलब्ध गराएकोमा खुशी व्यक्त गरेको छ । यसले स्थानीयबासीहरुलाई सेवा पहुँचमा वृद्धि, समय र खर्चको बचत, जनचेतनामा वृद्धि, समस्या तत्काल समाधानको अवसर समेत एउटै थलोमा मिल्ने भएकोले एकिकृत शिविरको प्रशंसा गरेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...