फेवाताल फराकिलो पार्न गेग्रान निकालिँदै

Published on

काठमाडौं । बुलौदी र फिर्केखोलाले फेवातालको गाईघाटमा थुपारेको गेग्रान निकाल्न थालिएको छ। पोखरा महानगरले त्यहाँको करिब ३० रोपनीमा जम्मा भएको गेग्रान निकाल्न फूलबारी कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ। फूलबारी कन्स्ट्रक्सनले १८ लाखमा त्यहाँको चार हजार पाँच सय घनमिटर माटो निकाल्ने जिम्मेवारी पाएको हो। यही पुस मसान्तसम्म त्यहाँको माटो, गेग्रान, फोहोर निकालिसक्नुपर्ने सम्झौता छ। सोमबारबाट कम्पनीले माटो निकाल्न सुरु गरी नजिकैको कोमागाने पार्क क्षेत्रमा व्यवस्थापन गरिरहेको महानगरका सहरी विकास, पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमलरञ्जन कार्कीले जानकारी दिनुभयो। 

गाईघाटमा मिसिने खोलाले त्यहाँ ठूलै टापु बनाएको छ। ढुंगामाटो, गेग्रान र फोहोर थुप्रिँदै जाँदा तालमा बनेको टापु हटाउन लागिएको हो। अहिले ताल पुर्ने माटो निकाल्ने र खोलाका ठाउँ ठाउँमा चेकड्याम निर्माण गरी तालसम्म फोहोर र माटो आउन नदिने योजना छ। यहाँको माटो र फोहोर हटाउन वातावरण संरक्षणका लागि महाअभियानले बारम्बार आवाज उठाउँदै आएको छ। अभियन्ता रामबहादुर पौडेल तालमा बनेको टापु हटाएर सकेपछि खोलाका ठाउँ ठाउँमा चेकड्याम बनाएर माटो र गेग्रान आउनबाट रोक्नुपर्ने बताउनुहुन्छ। 

पोखरा महानगर फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनासमेत हटाउने योजनामा छ। प्राकृतिक र मानवीय अतिक्रमणबाट साँघुरिँदै गएको फेवातालको अतिक्रमण हटाउन सर्वाेच्च अदालतले २०७५ मा ६५ मिटर मापदण्ड कायम गरी तालको सौन्दर्यकरणसमेत गर्न आदेश दिन पनि त्यो पालना हुन सकेको छैन। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...