आधा दर्जन पुलको ठेक्का अलपत्र

Published on

काठमाडौं । उदयपुरका आधा दर्जन ठुला पक्की पुलको निर्माण बिचैमा अलपत्र परेको छ । पहाडी क्षेत्रका बासिन्दालाई तराईसँग जोड्न उदयपुरका आन्तरिक खोलामा निर्माण गर्न थालिएका आधा दर्जन पुल निर्माण बजेट अभावका कारण बिचैमा अलपत्र परेको हो । सर्वसाधारणलाई वर्षायाममा ती खोला वारपार गर्न निकै सास्ती हुने गरेको छ । सिराहाको लहानस्थित डिभिजन सडक कार्यालय अन्तर्गत रहेका विभिन्न पुलमध्ये उदयपुरको बेलका नगरपालिका–को गिदेरीखोला पुलको निर्माण २०७४ असार ३० गते  सम्पन्न हुने गरी २०७१ असार ३० गते ठेक्का सम्झौता गरिए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।

पप्पु मृत सञ्जीवनी निर्माण कम्पनीले १५ करोड १३ लाख ८३ हजार रुपियाँमा ठेक्का लिएको र हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति भएको, अन्तिम पटक थप गरिएको समय पनि २०८१ असार २५ गते सकिएको र निज कम्पनीलाई भुक्तानी दिनुपर्ने दायित्व मात्रै सात करोड पाँच लाख ४४ हजार बाँकी रहेको छ ।  डिभिजन सडक कार्यालय लहानका डिभिजनल इन्जिनिएर ध्रुवकुमार झाका अनुसार छ करोड १४ लाख ८० हजार ५३० रुपियाँको लागतमा सम्पन्न हुने फत्तेपुर बेल्टार सडकखण्डको कालीखोला पुल, सात करोड आठ लाख ९२ हजार रुपियाँको लागतमा निर्माण हुने बसाहा सुन्दरपुर सडकखण्डको सुन्दरीखोला पुलको निर्माण पनि अलपत्र नै छ । यसै गरी त्रियुगा नगरपालिका–६ मा छ करोड ३४ लाख ५८ हजार रुपियाँ लागतको पात्लेबास रानीचौर सडकखण्डको सिसुबारीखोला पुल, सात करोड ९५ लाख ७८ हजार रुपियाँ  लागतमा निर्माणाधीन रहेको बेलका नगरपालिका–९ को मैनामैनी जोड्ने कोशोभाखोला पुल र मिर्चैया कटारी ओलढुङ्गा सडकखण्डको नौ करोड ९४ लाख ६८ हजार रुपियाँको हडैयाखोला पुलको निर्माण रोकिएको मात्र छैन बजेटको अभावमा ठेक्का नै अलपत्र अवस्थामा गुज्रिन पुगेको डिभिजनल इन्जिनियर झाले बताउनुभयो ।

यी सबै पुलको निर्माण समग्रमा ५० प्रतिशतभन्दा बढी भएको र हालसम्म ३४ करोड ३३ लाख ६५ हजार ९१० रुपियाँ विभिन्न निर्माण कम्पनीहलाई भुक्तानी दिई सकिएको छ । त्यस्तै १७ करोड चार लाख ६१ हजार ८३४ रुपियाँ भुक्तानी दिन कार्यालयको दायित्व रहेकामा सरकारले भने चालु आर्थिक वर्षका लागि  ती छ वटै पुलका लागि  पाँच लाख रुपियाँका दरले ३० लाख रुपियाँ मात्र बजेट विनियोजन गरेकाले पुलको ठेक्का अलपत्र हुन पुगेको डिई झाको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...