आरुघाटमा साढे तीन तोला सुनसहित नगद चोरी

Published on

काठमाडौं । गोरखा जिल्लाको आरुघाट गाउँपालिका – १० फूलपाती भञ्ज्याङमा अज्ञात समूहले एकै रात विभिन्न घर तथा पसलमा चोरी गरेका छन् । मङ्गलबार बेलुका साँझ रातिको समयमा सकुन्तला खत्रीको घर र डाडाँगाउँ आधारभूत स्वास्थ्य केन्द्र नजिक बस्ने रेनु खड्काको पसल तथा अञ्जित बरामको घरमा कोही नभएको अवस्था पारी चोरी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शकुन्तला खत्रीको घरबाट सुनको तिलहरी दुई तोला, बेरुवा रिङ डेढ तोला, गरी जम्मा साढे तीन तोला सुनका गरगहन, चाँदीका सिक्री डेढ तोला तथा नगद १० हजार रुपियाँ चोरी भएको प्रहरीको भनाइ छ । त्यस्तै रेनु खड्काले सञ्चालन गर्दे आएको पसलबाट लण्डन बियर १२ वटा, रकस्टर बियर १६ वटा, कुखुराको मासु दुई केजी, २० प्याक रक्सी, राउटर, ब्याकअप कैंची झोला, फलामको कराई जस्ता सामग्रीसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आरुघाटमा अज्ञात व्यक्तिहरुले ढोकाको ताल्चा तोडफोड गरी घर तथा पसलभित्र प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठको भनाइ छ ।

घटनापछि पीडितहरुले जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका छन् । उजुरीका आधारमा प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्याक प्रमाण सङ्कलन गरेको र चोरीमा संलग्न व्यक्तिहरुको खोजी तथा पहिचानका लागि अनुसन्धान तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दालाई रातिको समयमा घर तथा पसलको सुरक्षा सतर्कतामा ध्यान दिन आग्रह गर्दै शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ । चोरीको शृङ्खलाबद्ध घटनाले स्थानीयमा त्रास बढेको भन्दै दोषाीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कारबाही गर्न स्थानीयले माग गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...