गुल्मीमा ट्याक्टर दुर्घटना

Published on

काठमाडौं । गुल्मीमा ट्याक्टर दुर्घटना भएको छ । यस जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–१ जुकेपानीमा लु. ४ त. ८३६ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार बिहान तल्ले घर कन्ट्रक्सनको ट्याक्टर दुर्घटना भएको हो । यहाँको निस्ति–जुकेपानी–नयाँपोखरा जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा सिमेन्ट र तेलको ड्रम लोड गरी जाँदै गर्दा सो ट्याक्टर दुर्घटना भएको बताइएको छ । इस्मा गाउँपालिका वडा नम्बर– ४ दोहोलीका २४ वर्षीय राजेश गन्धर्वले चलाएको न्यु होल्यान्ड ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...