बारामा आलुखेती स्थिर, उत्पादनमा उतारचढाव

Published on

काठमाडौं । बारा जिल्लामा किसानको प्रमुख नगदे बालीका रुपमा आलुखेती निरन्तर स्थापित हुँदै आएको छ । पछिल्ला दुई वर्षको तथ्याङ्कले जिल्लामा आलुखेतीको क्षेत्रफल करिब स्थिर रहेपनि उत्पादनमा भने मौसम र अन्य कारणले गर्दा सामान्य उतारचढाव हुने गरेको छ । कृषि ज्ञान केन्द्र, बाराका सूचना अधिकारी गणेश महराका अनुसार गत–आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा सात हजार ४५० हेक्टर क्षेत्रफलम आलु खेती गरिएको थियो । सो क्षेत्रफलबाट एक लाख २१ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको थियो । सो वर्ष प्रति हेक्टर औसत उत्पादन १६.६ मेट्रिक टन रहेको थियो ।

यस्तै, चालू–आर्थिक वर्ष २०८२/०८३ मा सात हजार ४४० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ । यस वर्ष एक लाख १८ हजार २९६ मेट्रिक टन आलु उत्पादन हुने लक्ष्य लिइएको कृषि कार्यालय कलैयाले जनाएको छ । प्रति हेक्टर उत्पादन करिब १५.९ मेट्रिक टन पुग्ने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा केही कमी हुने हो । जिल्लाको सिम्रौनगढ, देवताल, प्रसौनी, परवानीपुर, फेटा, आदर्श–कोतवाल, तथा बारागढी क्षेत्रहरु आलु उत्पादनका प्रमुख पकेट क्षेत्रका रुपमा चिनिन्छन् । जिल्लामा उत्पादन भएको आलु स्थानीय बजारसँगै वीरगन्ज, हेटौँडा, चितवन र काठमाडौँ लगायतका बजारसम्म आपूर्ति हुँदै आएको छ ।

किसानहरुका अनुसार आलु खेती छोटोे समयमा उत्पादन हुने, तुलनात्मक रुपमा कम जोखिममा नगद आम्दानी दिने बाली भएकाले यसको आकर्षण बढ्दो छ । पसौनी गाउँपालिका–६ का किसान मुरारी कुशवाहाले आलु खेतीले घरखर्च चलाउन सहज भएको बताउनुभयो । तर सोही ठाउँ वडा नम्बर–७ बन्जरियाका किसान ह्रदयनारायण साहका अनुसार मौसमको प्रतिकूलता, गुणस्तरीय बीउको अभाव, मलखाद समयमै नपाउनु, कोल्ड स्टोरको कमी तथा बजारमा उचित मूल्य नपाउने समस्या अझै ठुलो चुनौती रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, कृषि विज्ञहरुका अनुसार उन्नत बीउ प्रयोग, आधुनिक प्रविधि, चिसोबाट बचने उपाय, भण्डारण पूर्वाधार तथा प्रभावकारी बजार व्यवस्थापन गर्न सके बारा जिल्ला आलु उत्पादनमा आत्मनिर्भर मात्र नभई व्यावसायिक आलु उत्पादन केन्द्रका रुपमा स्थापित हुन सक्ने प्रबल सम्भावना रहेको बताएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...