कर्णाली काेरिडोर खण्डमा सवारी दुर्घटना : छ जना घाइते

Published on

काठमाडौं । जमुना हिल्सा जोड्ने कर्णाली काेरिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश  ०२ ००१ ख. ०९२४ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा छ जना घाइते भएका हुन् ।

घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ  ।रास्कोट नगरपालिका–८ मा पर्ने काेरिडोरको नडी भन्ने ठाउँमा सवारी साधन दुर्घटना भएको हो । स्थानीय प्रभाखर बरालका अनुसार घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था मध्यम रहेको छ ।घाइतेहरूको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुग्न समय लागेकाले उद्धारमा ढिलाइ भएको बरालले बताउनु भयो । प्रहरीले भने उद्धारको प्रयास भइरहेको र दुई तर्फ सान्तिघाट र थिर्पुबाट प्रहरी घटनास्थल तर्फ गइरहेको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...