नवलपरासी पूर्वको ‘नमुना सदरमुकाम’ निर्माणले गति लिँदै

Published on

काठमाडौं । लक्ष्य भन्दा ढिला काम सुरु गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण योजनाले पछिल्लो समय गति लिएको छ । कावासोती नगरपालिका–३ स्थित १८७ विघा क्षेत्रफलमा नमूना सदरमुकाम निर्माण भइरहेको छ । विसं २०७६ वैशाखमा सदरमुकाम निर्माण सुरु गरिएपनि छ वर्षसम्म काम अघि बढ्न सकेको थिएन । गत वर्षदेखि निर्माण सुरु गरिएको जिल्लाकै महत्वपूर्ण आयोजनाले हालै गति लिएको हो ।   निर्माणस्थलका रूख हटाउनेलगायतका विभिन्न प्राविधिक कारण काम अघि बढ्न नसकेको जनाइएका थियो । हाल कामले गति लिएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इञ्जिनियर द्रोण कटुवालले बताउनुभयो । 

नमूना सदरमुकाम निर्माण दुई वटा ठेक्कामार्फत भइरहेको छ । पहिलो चरणको ठेक्काबाट जिल्ला प्रशासन कार्यालय र अन्य दुई कार्यालय रहने गरी एकीकृत भवन निर्माण भइरहेको उहाँले बताउनुभयो । चौधरी कन्ट्रक्सनले रु ३० करोड ६५ लाख ६ हजार ५२७ लागतमा काम गरिरहेको छ । २०८३ पुस २१ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको सो योजनाको पहिलो चरणको भौतिक प्रगति हालसम्म ४० प्रतिशत छ । दोस्रो चरणको ठेक्काबाट भ्याट बाहेक रु तीन अर्ब ६१ करोड लागतमा सदरमुकाम निर्माणस्थलमा ११ वटा सरकारी कार्यालय भवन निर्माण भइरहेका छन् । भवन बाहेक सडक, खानेपानी, विद्युत्का संरचनासहित केरुङ्गे खोला तटबन्धसमेत निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ । दोस्रो चरणको ठेक्का  २०८२ वैशाख २९ गते सम्झौता भइ २०८४ कात्तिक २८ गते सम्पन्न गर्ने गरी काम अघि बढेको इञ्जिनियर कटुवालले जानकारी दिनुभयो । समानान्तर–बुद्ध हिमाली जेभिले निर्माण गरिरहेको यस ठेक्काको हाल करिब १५ प्रतिशत भौतिक प्रगति पुगेको छ । दुवै चरणको काम निर्धारण गरिएको अवधिमा सम्पन्न गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ । नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ र प्रदेश मातहतका सबै कार्यालय निर्माण गरिने छन् । हाल सङ्घीय कार्यालय निर्माण भइरहेका छन् । प्रदेश मातहतका कार्यालय निर्माण थालिएको छैन ।

गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा केही बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको र प्रदेश सरकार मातहतका कार्यालय निर्माणका लागि बोलपत्र आह्वान हुनसक्ने आयोजना कार्यालयले जनाएको छ । नमूना सदरमुकाम निर्माण गुरुयोजना अनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, फुटबल स्टेडियम, क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभा हल, पुस्तकालय, खाजा घरलगायतका संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजना अनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...