दुई दिनदेखि आवत–जावत ठप्प

Published on

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोट नजिकैको सडकमा ट्रक फसेपछि आवत–जावतमा समस्या भएको छ । जिल्लाको सदरमुकाम सिमकोटको मानसरोबर विद्यालय नजिकै लु.प्रं.०१.००१ ख ०६४७ नम्बरको ट्रक फसेपछि आवत–जावतमा समस्या भएको हो । कर्णाली करिडोर अन्तर्गतको सिमकोट हिल्सा सडक खण्डमा ट्रक फसेपछि यहाँका गाडीहरू गाउँबाट सदरमुकाम सिमकोट र सिमकोटदेखि गाउँतर्फ जान रोकिएका हुन् । दुई दिनदेखि अवरुद्ध भएको सडक अहिलेसम्म कोही कसैले सुचारु गर्नेतर्फ ध्यान केन्द्रित नगरेपछि यात्रुले सास्ती खेप्नु परेको गाडी मालिक नरबहादुर भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका पाँचवटा वडाका नागरिकलाई सास्ती भएको छ । गाउँबाट तयार भएर जिल्ला बाहिर सुर्खेत र नेपालगञ्ज जाने गाडी बन्द भएपछि यात्रुले सास्ती खेप्नु परेको हो । विशेषगरी सिमकोट गाउँपालिका –१ को दोजाम, २ को ठेहे, ३ को बरगाउँ, ७ को डाँडाफया, ८ को स्याँडा गाउँबस्तीका नागरिकहरूले समस्या झेल्दै आएको यात्रु धिरु भण्डारीले गुनासो गर्नुभयो । एक महिनादेखि उक्त सडक खण्ड डवल कटिङ गर्नका लागि निर्माण कार्य भइरहेको छ । निर्माण गर्ने क्रममा बाटोको लेवल नमिलेको र निर्माण कार्य बाँकी रहेकाले यस्तो समस्या चुलिएको हो । जसले गर्दा गाउँबाट आएका स्थानीयसँगै विरामीहरूले समेत सास्ती खेप्नु परेको छ । ट्रक फसेको स्थानबाट सदरमुकाम सिमकोटको जिल्ला अस्पताल पुग्नलाई करिव तीन किलो मिटर टाढाको दूरी छ । ट्रक नेपालगन्ज हुँदै हुम्लाको सदरमुकाम सिमकोट पुगेर नाम्खा गाउँपालिकाको यालवाङतर्फ जान थालेको हो ।

उक्त ट्रकले विधुतको सामान ल्याएर आएको थियो । सो सडक अवरुद्ध भएपछि अहिले यहाँका यात्रुहरू करिव तीनदेखि सात घण्टा पैदल भएर गाउँ तथा सदरमुकाममा आवत–जावत गर्नुपर्ने बाध्यता छ । गाउँबाट बोलेरो जिपमा सुर्खेतका लागि तयारी गरेर आएका भण्डारीले बिचैमा रोकिनु पर्दा व्यक्तिगत काममा बाधा पुगेको गुनासो गर्नुभयो । त्यस्तै अर्का एकजना यात्रु देउराज सिंहले पनि अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानु पर्ने भएको भए पनि सडक अवरुद्धकै कारण दुई दिनदेखि सदरमुकाम सिमकोटमा बस्नु परेको गुनासो गर्नुभयो । समयमै काम नभएपछि यहाँका नागरिकले दैनिक दुःख भोग्नु परेको उहाँले गुनासो गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...