तस्बिरमा प्रथम तमू फोटो प्रतियोगिता

Published on

काठमाडौं । तमू ल्होसारको अवसरमा प्रथम तमू फोटो प्रतियोगिताको आयोजना गरिएको छ। तमू ल्होसारको अवसरमा अन्तर्राष्ट्रिय तमू परिषद् (ITC) को आयोजना र तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (ATJON) को सहआयोजनामा प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको लागि गत पुस मंसिर २२ गते आह्वान गरेको थियो। प्रतियोगितामा पुस ३ गते भित्र आएका १६८ तस्बिरबाट २५ तस्बिर छनौट गरिएको थियो। प्रतियोगितामा तमू पत्रकारले खिँचेको तस्बिर मात्र समावेश गरिएको थियो। आगामी वर्षमा गैर तमूपत्रकारले खिँचेका तस्बिर समावेश हुनेछ। 

आज एक कार्यक्रमको आयोजना गरेर पुरस्कारको निर्णय सार्वजनिक गरेको छ। प्रतियोगितामा राम गुरुङ प्रथम, युवराज गुरुङ द्वितिय, आश गुरुङ तृतिय तथा नबिनबाबु गुरुङ र सुजन गुरुङ सान्त्वना हुनु भएको थियो। पुरस्कार वितरण पुस १४ गते टुँडिखेलमा आयोजना हुने ल्होसार कार्यक्रममा हुनेछ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...