फेमे खोलामा जोड्न थालियो बेलिब्रिज

Published on

काठमाडौं । बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ। यहाँको पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि बनाइएका डाइभर्सन पटकपटक बाढीले बगाउँदा दुई वर्षयता यो बाटो भएर हिँड्ने यात्रु बाहकसँगै ढुवानीका साधन वारपार गर्न कष्ट थियो। गत वैशाख महिनामै नै यहाँ बेलिब्रिजको ठेक्का लागे पनि विपद्कै कारण काम सुरु हुन सकेको थिएन। यसैबिच पूर्वाधार विकास कार्यालयले रेखदेख गर्नेगरी यहाँ बेलिब्रिज जोड्न थालिएको हो।

यहाँ जोड्ने बेलिब्रिज संघीय सरकारले उपलब्ध गराए पूर्वाधार विकास कार्यालय पाँचथरका सूचना अधिकारी शैलेन्द्र सिंहले बताउनुभयो। मेची राजमार्गमा पर्ने पाँचथर र ताप्लेजुङको संगमस्थल कावेलीबाट ल्याइएको हो। फेमे खोलामा बेलिब्रिज जोड्न सुनगाभा विल्डर्स एण्ड सुपर शंखमुल नामक कम्पनीले ठेक्का लिएको छ। पुस लागेसँगै काम सुरु गरेको कम्पनीले दुई महिनाभित्रै काम सक्ने निर्माण प्रबन्ध निर्देशक कमल गौतमले बताउनुभयो। बेलिब्रिजको लागत एक करोड ३९ लाख ८२ हजार ५ सय ६२ रुपियाँ छ। यो बेलिब्रिज जडान भएपछि फिदिम नगरपालिकाका ११, १२, १३ सँगै फालेलुङ गाउँपालिकाका नागरिकलाई सहज हुनेछ। जुन सडकले सदरमुकाम फिदिमलाई भारत र वेष्ट बंगालको सिमावर्ती क्षेत्रलाई जोड्ने गरेको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...