पाइलट टीका चौधरीलाई सम्मान

Published on

काठमाडौं । थारु समुदायबाट पहिलो महिला पाइलट बन्न सफल कैलालीको टीका चौधरीलाई आज धनगढीमा सम्मान गरिएको छ । बातचित घरले चौधरीलाई सम्मान गरेको हो । बातचित घरका बरघरिया ठाकुर करिया प्रधानले चौधरीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो । धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँकी २१ वर्षीया चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलटको लाइसेन्स प्राप्त गर्नु भएको छ । यद्यपि, पाइलट तालिम पूरा गर्नका लागि उहाँले अझै एक सय घण्टाको एकल उडान बाँकी रहेको छ । 

आफूले पाइलट तालिम पूरा गर्न अझै छ महिनासम्म लाग्न सक्ने चौधरीले बताउनुभयो । बिदामा आउनु भएकी उहाँले पाइलट तालिम गाह्रो रहने गरेको उल्लेख गर्दै आफूले हिम्मत, संघर्ष गरेर तालिम पूरा गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो । थारु समुदायबाट चौधरीले पाइलट बन्नु सिङ्गो समुदायका लागि गर्वको विषय रहेको बातचित घरका बरघरिया करियाप्रधानले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...