साहित्यकार गुरुङको निधन

Published on

काठमाडौं । साहित्यकार भाषाविज्ञ तथा संस्कृतिविद् पैंडी इन्द्रबहादुर गुरुङको ९२ वर्षको उमेरमा निधन भएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका–९, गिलुङ निवासी गुरुङको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको हो । वि.सं. १९९१ भदौ ३१ गते शिरसुब्बा गुरुङ र चर्माखु गुरुङको कोखबाट जन्मिनुभएका उहाँ गुरुङ भाषा, संस्कार र संस्कृतिका अध्येता हुनुहुन्थ्यो । गुरुङ समुदायमा पुरोहितलाई ‘पैंडी’ भनिन्छ । गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य पनि हुनुहुन्थ्यो । 

तमु चि (गुरुङ ज्योतिष), बुद्ध तथा बोन्पो क्यालेन्डर, तो ताँ सोंफु, गुरुङ–नेपाली शब्दकोष, तमु अवस्थाको परिचय, तमु राज्य व्यवस्थाको मूल आधार नालसभा, तमु सांस्कृतिक दिग्दर्शन, सेर्का क्वे (सेर्गा गीत) लगायत उहाँका गुरुङ भाषा, ज्योतिष, धर्म, संस्कार र संस्कृतिसम्बन्धी दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । २०४९ सालदेखि पुस्तक प्रकाशन सुरु गर्नुभएका उहाँले तीन वर्षअघि प्रेरणा, गुरुङ पर्यावरण गीत र शिवधर्म नामक तीनवटा पुस्तक एकैसाथ प्रकाशन गर्नुभएको थियो । गुरुङ पर्यावरण गीत नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको हो ।

पञ्चायतकालमा तत्कालीन जिल्ला पञ्चायत लमजुङको दुई कार्यकाल उपसभापति हुनुभएका गुरुङले लमजुङको दुराडाँडास्थित सर्वोदय माध्यमिक विद्यालय, भोर्लेटारको ईशानेश्वर माध्यमिक विद्यालय र गिलुङको बुद्धोदय माध्यमिक विद्यालयको अध्यक्ष, चिनियाँ–तिब्बती ज्योतिष प्रतिष्ठानका संस्थापक अध्यक्षको रूपमा सामाजिक काम गर्नुभएको थियो । उहाँ गुरुङ शुभराज्याभिषेक पदक, प्राज्ञ मातृभाषा साहित्य पुरस्कारलगायत विभिन्न सम्मानबाट सम्मानित हुनुहुन्छ ।

पछिल्लो समय दृष्टि कमजोर र श्रवणशक्ति गुमाउँदै जानुभएका गुरुङ दमको बिरामीसमेत हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । जेठा छोरा सुरेन्द्रकुमार गुरुङ बेलायतबाट आएपछि शनिबार पार्थिव शरीर गाउँ लगिने परिवारका सदस्यहरुले बताउनुभएको छ । गुरुङ भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा अध्ययन–अनुसन्धानमा जीवन समर्पण गर्नुभएका गुरुङको निधनले अपूरणीय क्षति पुगेको भन्दै गुरुङ समुदायका अगुवाहरूले दुःख व्यक्त गर्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...